Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

खबरडबली संवाददाता

सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिले वार्षिकोत्सवको अवसर पारी एक समारोहका बीच अध्यक्ष रुद्रनारायण चौधरीले पछिल्लो एक वर्ष अवधिको पर्यटक आगमनको अभिलेख सार्वजनिक गरेका हुन् । सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको अध्यक्ष चौधरीले बताए।

“सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन रहन गयो । यसले हामीलाई थप उत्साहित बनाएको छ”, अध्यक्ष चौधरीले भने, “पर्यटकको रोजाइमा यस क्षेत्र पर्नुमा विभिन्न सहयोगीहातको भूमिका महत्वपूर्ण रहेको छ । आगामी दिनमा यस पर्यटकीय क्षेत्रलाई अझै व्यवस्थित बनाइँदै लगिने छ ।”

डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनको लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, १५ नं वडाले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धनको लागि सहयोग प्राप्त भएपछि इको टुरिजम क्षेत्रको विकास गर्न सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए।

चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन र प्राणी उद्यान केन्द्र सञ्चालन । करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो ।

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्नेजस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट प्रत्यक्षरुपमा आठ जना र अप्रत्यक्षरुपमा ३० जना संरक्षणकर्मीले रोजगार पाएका पनि अध्यक्ष चौधरीले बताए ।

नजिकै प्रसिद्ध राजदेवी मन्दिर भएकाले धार्मिक एवं वातावरणीय पर्यटनको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। यस सिमसार पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै नगरप्रमुख चौधरीले आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट भौतिक विकास र स्थानीय युवाको रोजगारी सिर्जनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोहाबाट उपेन्द्र यादवलाई बिदाइ गर्दै नेपाली राजदूतले भने- उहाँ देशको राजनीतिक अस्थिरताप्रति गम्भीर हुनुहुन्छ

काठमाडौं । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष  उपेन्द्र यादव आज स्वदेश फर्कँदै छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत र...

जथाभाबी डोजर चलाउँदा संरक्षण थालिएको ताल नै सुक्यो

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बिचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । ...

चोरले एक तोला सुन निलेपछि...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला स...

खरबुजामा लगानी, किसानलाई मनग्य आम्दानी

झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पह...

बागमती प्रदेशको सरकारी कामकाजमा आजदेखि तामाङ र नेपाल भाषा पनि

काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्...

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेप...

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

काठमाडौं ।  उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार...

मनिष सुमन भन्छन्- चोइटिएर गएका साथीहरुले आफ्नै राजनीति हत्या गरे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केहि साथी चोइटिएर गएको बताएका छन् ।उनले फुटेर गएकाहरु आफ्नै राजनीतिक...

मिचाहा झारले ढाकिंदै विश्व रामसार सूचीमा रहेको घोडाघोडी ताल

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क...

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies