Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ। एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा सोमबार पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो।

२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिइङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए।

ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। यसबाट उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर ‘गणतन्त्र गौरव’ पदक दिन लागिएको हो भन्ने कौतूहलता उब्जेको छ।

पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने प्रस्ताव प्रतिनिधि परिषद् बैठकले अनुमोदन गरेको छ। परिषद्को आइतबारको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टी स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको प्रस्ताव प्रस्तुत गरेका थिए। एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछ। यही अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदक प्रदान गर्न लागिएको हो।

भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ। गत साता जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको हो। यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ।

एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन्। गत वर्ष भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन्।

शीतलनिवासबाट बिदा हुँदा उनल सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन्। सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन्। उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन्।

शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन्। यसै विषयलाई लिएर गत साउनमा २८ मा अध्यक्ष ओलीले ‘भेट्नु ठुलो कुरा होइन तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए। अहिले उनै ओलीको चाहनामा भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदले सम्मान गर्न लागिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies