काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ। एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा सोमबार पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो।
२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिइङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए।
ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। यसबाट उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर ‘गणतन्त्र गौरव’ पदक दिन लागिएको हो भन्ने कौतूहलता उब्जेको छ।
पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने प्रस्ताव प्रतिनिधि परिषद् बैठकले अनुमोदन गरेको छ। परिषद्को आइतबारको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टी स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको प्रस्ताव प्रस्तुत गरेका थिए। एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछ। यही अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदक प्रदान गर्न लागिएको हो।
भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ। गत साता जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको हो। यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ।
एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन्। गत वर्ष भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन्।
शीतलनिवासबाट बिदा हुँदा उनल सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन्। सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन्। उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन्।
शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन्। यसै विषयलाई लिएर गत साउनमा २८ मा अध्यक्ष ओलीले ‘भेट्नु ठुलो कुरा होइन तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए। अहिले उनै ओलीको चाहनामा भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदले सम्मान गर्न लागिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: