Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रदेशसभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइ-नभ्याई

खबरडबली संवाददाता

चैनपुर । यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहेका छन् । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेन्डा) सहित उम्मेदवारहरू ५०  वडामा पुग्ने तयारी गरिरहेका छन् ।

तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र),  नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे ।

पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए । उनका अनुसार पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिए । “यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,” उनले भने ।

११ राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन् । सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ । ठुला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहेका छन् भने साना दलहरूले ठुला दलले काम गर्न नसकेको आरोप  लगाएका छन् । 

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहेका छन् ।

यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठुला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: