Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनः नेपालको समावेशी चरित्रको प्रशंसा

खबरडबली संवाददाता

काठमाडौं ।  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ । नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दाबी सरकारले प्रस्तुत गरेको हो।

नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी ९रेन्बो० पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताइन। ‘लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ,पहिलो समलिङ्गी विवाह दर्ता भएको छ,’मन्त्री चौधरीले भनिन्,‘विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी छ।’

मन्त्रालयले नीति परिमार्जन गर्ने समेत भनेर छुट्टै निकाय तोकेको उनले बताइन। ‘पिंक टुरिजमका लागि हाम्रा होटलहरु, हेरिटेजहरुमा भएका व्यक्तिहरूले सर्भिस डेलिभरी, हस्पिटालिटी लैङ्गिक मैत्री छ, त्यो सुरु भैसकेको छ,’उनले भनिन्,‘प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी दिइन।

नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाण पत्र दिएको थियो। माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाण पत्र दिएको छ।

मन्त्री चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताइन। पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गरिन्।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि सुरक्षित रहेको बताए। समलिङ्गी विवाह दर्ता हुन थालेको भन्दै न्यायाधीश फुयालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उल्लेख गरे।

नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दनी लाय थापाले पिंक टुरिजमका लागि नेपाल गन्तव्य मुलुक बन्ने सम्भावना रहेको बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याउन पर्यटन बोर्डले काम गरिरहेको बताइन।

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताए।

उनले अरू देशमा जस्तो नेपालमा आउँदा डराउनु पर्ने अवस्था नरहेको बताए। ‘संवैधानिक अधिकार दिएको छ। अरू देशमा जाँदा डराई डराई जानु पर्छ,’पन्तले भने,‘यहाँ ९नेपाल० सुरक्षा छ। समलिङ्गी विवाह हनिमुन डेस्टिनेसनको रूपमा लैजाने सोचिरहेका छौ।’

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताइन। ‘१४५ देशहरूमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ। अनुकरणीय छ। प्रगति राम्रो भएको छ,’उनले भनिन्,‘समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवनस्तर माथि उकास्ने काममा युरोपियन युनियनले सहयोग गर्दै आएको जानकारी दिइन। नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना अन्य देशमा भन्दा राम्रो देखेको राजदूत लोरेन्जोले बताइन।

इन्द्रेणी पर्यटनको विश्व बजार

गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र÷जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी ९रेन्बो० पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताइन।

अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको बताइन। उनले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४।७ ट्रिलियन डलर पुगेको अध्ययन सुनाइन।

विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको बताइन। ‘यो कुल जनसङ्ख्याको ६।५ प्रतिशत हुन आउँछ, ’उनले भनिन्, ‘उनीहरू धेरै घुम्न रुचाउने हुन्छन्।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि थाइल्यान्ड यौन पर्यटनले चिनिएको र ग्रिसमा पछिल्लो समय सुरक्षा नभएको बताइन। ‘ग्रिसमा सुरक्षाको समस्या छ, थाइल्यान्डको विकल्प खोजेका छन्,’उनले भनिन्,‘नेपाल सम्भावना भएको देश हो, फाइदा लिन सक्छ।’

विपद्का घटना भएका ठाउँमा पर्यटन गतिविधि गर्ने पहिलो समुदाय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको उनले सुनाइन। पर्यटन सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरे भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरे। पर्यटन सम्मेलनमा मारुनी नृत्य प्रस्तुत भएको थियो।
((

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending