Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

सत्ता गठबन्धनको संकट टार्न सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र आएको संकट टार्न एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी छलफल सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको हो । 

त्यस क्रममा नाउपा अध्यक्ष रञ्जिताले सुदूरपश्चिममा मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने दाबी गरेकी थिइन् । एकीकृत समाजवादीका नेता खनालले भने सत्ता गठबन्धनमा यसअघि नै सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुलाई दिने सहमति भएको स्मरण गराउँदै त्यसको कार्यान्वयन नभए त्यसपछिको परिस्थितिको जिम्मा आफूहरुले नलिने चेतावनी दिएका थिए ।

त्यसपछि सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले नै लिने विकल्पमा छलफल भएको थियो । त्यसमा नाउपा अध्यक्ष रञ्जिता पनि सकारात्मक रहेको एकीकृत समाजवादीका एक नेताले बताए । 
यस विषयमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो पनि छलफल राखेका छन् । छलफलमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने विषयमा सहमति भएमा प्रदेश प्रमुख नजिर मियाँले अहिले मुख्यमन्त्रीमा दाबी गरेका दुबै जनाको दाबी खारेज गर्ने स्रोतको भनाइ छ ।

त्यसपछि पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्ने र एकीकृत समाजवादीले सत्ता गठबन्धन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सत्ता गठबन्धनको तयारी छ । भरेसम्म यो बाटोमा जान पनि सकीने एकीकृत समाजवादीका एक पदाधिकारीले बताए । 

सुदूरपश्चिममा प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले र एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका छन् । दुई जनाको दाबी परेपछि कानुनी परामर्श गर्ने भन्दै प्रदेश प्रमुख मियाले निर्णय दिएका छैनन् ।

एकीकृत समाजवादीले एमाले(माओवादी गठबन्धनलाई साथ नदिएर कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्रको खटपट सार्वजनिक भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending