काठमाडौं । सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र आएको संकट टार्न एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व दिने गरी छलफल सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको हो ।
त्यस क्रममा नाउपा अध्यक्ष रञ्जिताले सुदूरपश्चिममा मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने दाबी गरेकी थिइन् । एकीकृत समाजवादीका नेता खनालले भने सत्ता गठबन्धनमा यसअघि नै सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुलाई दिने सहमति भएको स्मरण गराउँदै त्यसको कार्यान्वयन नभए त्यसपछिको परिस्थितिको जिम्मा आफूहरुले नलिने चेतावनी दिएका थिए ।
त्यसपछि सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले नै लिने विकल्पमा छलफल भएको थियो । त्यसमा नाउपा अध्यक्ष रञ्जिता पनि सकारात्मक रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो पनि छलफल राखेका छन् । छलफलमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने विषयमा सहमति भएमा प्रदेश प्रमुख नजिर मियाँले अहिले मुख्यमन्त्रीमा दाबी गरेका दुबै जनाको दाबी खारेज गर्ने स्रोतको भनाइ छ ।
त्यसपछि पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्ने र एकीकृत समाजवादीले सत्ता गठबन्धन दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सत्ता गठबन्धनको तयारी छ । भरेसम्म यो बाटोमा जान पनि सकीने एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।
सुदूरपश्चिममा प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले र एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका छन् । दुई जनाको दाबी परेपछि कानुनी परामर्श गर्ने भन्दै प्रदेश प्रमुख मियाले निर्णय दिएका छैनन् ।
एकीकृत समाजवादीले एमाले(माओवादी गठबन्धनलाई साथ नदिएर कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्रको खटपट सार्वजनिक भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: