बैतडी । बैतडीकी १७ बर्षीय किसोरी रेखा भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा ३० बर्षीय युवक पक्राउ परेकाछन् । पक्राउ पर्नेमा मृतककै काका नातापर्ने पुर्चौडी नगरपालिका–४का युवक पक्राउ परेका हुन् ।
गत चैत्र २६ गतेदेखि घरबाट हराएकी किसोरी ३ दिनपछि जंगलमा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि हत्या भएको पुष्टि गर्दै अभियुक्त मृतकका काकालाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
उनकै काकाले किसोरीलाई पटक–पटक जवरजस्ती करणी गरि गर्भवती बनाएको प्रहरीको भनाई छ । मृतक बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । अभियुक्त युवकको घरमा ३ ओटा श्रीमती समेत रहेको बुझिएको छ । अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि अनुसन्धान अगाडी बढाउने बैतडीका डिएसपी दिपक गिरीले बताए । उनले भने,“२६ गते बिवाहित किसोरी हराएको खबर प्राप्त भएलगत्तै खोजी गरेका थियौँ, २८ गते रानीवनमा किसोरीको शव भेटियो, शवको अवस्था हेर्दा टाउकोमा गम्भीर चोट देखियो भने पेट ठुलो देखियो, घटना संकास्पद लागेपछि अनुसन्धान ग¥यौँ र अन्ततः काकाले नै हत्या गरि शव फालेको पत्ता लागेको हो ।”
अभियुक्तले आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीले बताए । घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट २ दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।
मृतक बालिकाको गत बर्ष बिवाह भएको भए पनि उनका पति रोजगारीको सिलसिलामा भारत छन् । घटनापछि उनि घर आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: