Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

दुईमहिनादेखि लमजुङ क्याम्पसमा पठनपाठन ठप्प, पाँच सय विद्यार्थीको भविष्य अन्योल

खबरडबली संवाददाता

लमजुङ । लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्याम्पसमा पठनपाठन ठप्प भएको दुई महिना वितिसकेको छ । विद्यार्थी संघसंगठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा पछिल्ला ६६ दिनदेखि सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको हो ।

गत पुस २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रबासमा नेविसंघ र अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरू बिच भएको झडप पछि क्याम्पस प्रशासनले असुरक्षाको कारण देखाउदै छात्राजास बन्द गराउने सूचना जारी गर्यो, त्यसै समयदेखि क्याम्पसमा पठनपाठन प्रायः बन्द हुन गएको थियो ।

घटनामा संलग्न विद्यार्थीहरूलाई कानुनी दायरामा ल्याई त्रि।वि नियामावली अनुसार दोषी उपर कारबाही गर्ने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । आफूलाई कार्बाही गर्ने निर्णय चित्त नबुझेको भन्दै नेविसंघका विद्यार्थीहरूले गत चैत्र १६ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पसमा पठनपाठन लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प हुदाँ सो क्याम्पसमा अध्ययरत पाँच सय विद्यार्थीको भविष्य समेत अन्योलमा परेको छ ।

जिल्ला प्रशासन कार्यलयमा भएको सर्वदलीय बैठकमा क्याम्पस प्रशासनले विगतमा भएको निर्णयहरूलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र विगतका दिनहरूमा क्याम्पसमा तालाबन्दी भएता पनि स्वयं क्याम्पस प्रशासनले यथाशिघ्र तालाबन्दी खोल्ने निर्णय भएको थियो । तर उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुदा विद्यार्थीहरूको पठनपाठनमा मात्र नभई मानसिकतामा समेत गम्भिर असर पुगेको लमजुङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विरेन्द्र जि.सी.ले बताए ।

उनका अनुसार तालाबन्दीका कारण साताँै सत्रान्तको अनुसन्धान कार्यक्रममा र मङ्सिरमा प्रवेश परीक्षामा उत्तीर्ण भई लमजुङ क्याम्पस भर्ना भएका प्रथम सत्रान्तको अभिमुखिकरण कक्षामा समेत प्रभावित भर्एको छ । यसका साथै सातौँ सत्रान्तको नियमित परीक्षा, छैठौं सत्रान्तको पुरक परीक्षा, दोस्रो र पाचौं सत्रान्तको प्रयोगात्मक परीक्षाको निर्धारित समयतालिका पनि प्रभावित भएको उनले जानकारी दिए ।

यस’दयगतमा क्याम्पस प्रशासनसँग सम्पर्क गर्दा क्याम्पस खोल्न पहल भएको छ । यो विषय डिनको कार्यालय त्रिविमा समेत पुगेको छ र आज त्यहाँ पनि बैठक बस्दैछ क्याम्पस प्रमुख मिलन सुवेदीले बताए । उनका अनुसार क्याम्पसमा घट्ना घटेपछि छानविन समिति गठन गरेर त्यसले दिएको प्रतिवेदनका आधारमा कारवाहीको निर्णय गरिएको हो । विद्यार्थीको एकपक्षले त्यो बढी भयो भन्ने र अर्को पक्षले कारवाही नगरी हुँदैन भन्ने अडानले समस्या समाधान हुन नसकेको हो । उनले भने ‘क्याम्पसमा राजनीति अलिक बढी नै हुन्छ त्यसकै परिणाम हो । तर पनि हामी समाधानको खोजीमा छौं, अब छिटै पढाई सुरु हुन्छ भन्ने आशामा छौं ।’

यससम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा क्याम्पस खोल्ने काम जिल्ला प्रशासनको भन्दा पनि क्याम्पस प्रशासनको हो यही दिनमा क्याम्पस खुल्छ त कसरी भन्ने र तर पनि पहल भइरहेको छ प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङले बताए । उनका अनुसार मैले विद्यार्थी नेता, पार्टीका नेताहरू सबैसँग सम्पर्क गरिरहेको छु, समाधान खोजौं भनेको छु तर माग राख्ने दुवै विद्यार्थीका पक्ष टसको मस नभएको हुँदा गाँठो फुक्न नसकेको हो ।

उनले भने, ‘आजै विहान पनि क्याम्पस प्रमुखलाई फोन गरेको प्रशासनबाट के कस्तो सहयोग चाहिने हो रु भन्नुस् म सहयोग गर्न तयारछु भने, उनले आज त्रिवि र डिनको कार्यालयमा वैठक बस्दैछ त्यसको निर्णय कस्तो आउँछ त्यसपछि भनुलाँ भनेका छन् ।’ अब छिटै क्याम्पस खुल्छ भन्नेमा आशावादी छु । २, ४ जनाका लागि सयौं विद्यार्थीको भविष्य अन्योलमा राख्न पाइदैन प्रजिअ गुरुङले भने । उनी भन्छन्, ‘प्रशासनमा यसअघि गरिएको सर्वपक्षीय सहमति पनि पालना भएन, त्यस्तो भएपछि निर्णय गर्नुमात्र ठूलो कुरा भएन तर पनि हामी प्रयास गरिरहेका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending