Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

कोशी कोरिडोरमा जोडियो मध्य तमोरको विद्युत्

खबरडबली संवाददाता

ताप्लेजुङ  । ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् विद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभिए क्षमताको कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्य तमोर जलविद्युत् आयोजनाको ७३ मेगावाट विद्युत् कोशी कोरिडोर सबस्टेसनमा जडान गरिएको र विद्युत् परीक्षण सफल भएको आयोजनाका प्रबन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्य तमोरबाट उत्पादित विद्युत् कोशी कोरिडोरमा जडान गरी परीक्षण गरिएको हो ।

तेह्रथुमको वसन्तपुरस्थित कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सिङ्क्रोनाइज (एकीकृत) गरिएको उनले जानकारी दिए । कोशी कोरिडोरमार्फत विद्युत् जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्य तमोरको विद्युत् पूर्ण रूपले राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि उनको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोर सबस्टेसनमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ । आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सबस्टेसनसम्म प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना निर्माण सम्पन्न भएका छन् । अब आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने उनले बताए ।

यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो । कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाँघु सबस्टेसनको क्षमता सुरुमा २२० केभिए भने पनि पछि १३२ केभिए मात्र भएपछि मध्य तमोर आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुरसम्म पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नु परेको हो । 

मध्य तमोर जलविद्युत् आयोजनास्थल भने फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, मिक्वाखोला गाउँपालिका–२, खोक्लिङ तथा फुङ्लिङ नगरपालिकाको वडा ९ हाङ्देवा र १० फुरुम्बु पर्दछ । फुरुम्बुस्थित मित्लुङ क्षेत्रबाट ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब तीन हजार चार सय मिटर लामो सुरुङमार्फत खोक्लिङको थुम्बा बेँसीमा विद्युत्गृह निर्माण गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending