ताप्लेजुङ । ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् विद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभिए क्षमताको कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्य तमोर जलविद्युत् आयोजनाको ७३ मेगावाट विद्युत् कोशी कोरिडोर सबस्टेसनमा जडान गरिएको र विद्युत् परीक्षण सफल भएको आयोजनाका प्रबन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्य तमोरबाट उत्पादित विद्युत् कोशी कोरिडोरमा जडान गरी परीक्षण गरिएको हो ।
तेह्रथुमको वसन्तपुरस्थित कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सिङ्क्रोनाइज (एकीकृत) गरिएको उनले जानकारी दिए । कोशी कोरिडोरमार्फत विद्युत् जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्य तमोरको विद्युत् पूर्ण रूपले राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोर सबस्टेसनमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ । आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सबस्टेसनसम्म प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना निर्माण सम्पन्न भएका छन् । अब आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने उनले बताए ।
यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो । कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाँघु सबस्टेसनको क्षमता सुरुमा २२० केभिए भने पनि पछि १३२ केभिए मात्र भएपछि मध्य तमोर आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुरसम्म पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नु परेको हो ।
मध्य तमोर जलविद्युत् आयोजनास्थल भने फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, मिक्वाखोला गाउँपालिका–२, खोक्लिङ तथा फुङ्लिङ नगरपालिकाको वडा ९ हाङ्देवा र १० फुरुम्बु पर्दछ । फुरुम्बुस्थित मित्लुङ क्षेत्रबाट ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब तीन हजार चार सय मिटर लामो सुरुङमार्फत खोक्लिङको थुम्बा बेँसीमा विद्युत्गृह निर्माण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: