Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

ट्राफिक सचेतना विशेष अभियान २०८१ सुरू

खबरडबली संवाददाता
काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको माननीय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गरेका हुन् । 
कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा  आज विहान नेपाल वायु सेवा निगम अगाडीबाट शुरु भएको प्रभातफेरी   वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथी प्रकास पार्नु हुँदै दुर्घटना न्युनिकरण गर्न  र ट्राफिक जनचेतना अभिवृद्धिका लागि शुरु गरिएको यस कार्यक्रमलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारा सहित ८ ओटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह समेत गरेका थिए । 
कार्यक्रमको  सफलताको शुभकामना दिनु हुँदै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री  रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए  । मन्तव्यकै क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्री  लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आ(आफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिए । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए ( नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम,  यात्रुवहाक सवारी साधन परिक्षण र गर्नुका साथै मेट्रो ट्राफिक एफ।एम।बाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  ।
दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक  नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा  तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए  । 
कार्यक्रममा  गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप(प्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु,  विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending