Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

सुदूरपश्चिममा कांग्रेस, नेकपा एस र नउपासहितको सरकार बन्दै, केन्द्रको समिकरणलाई काउन्टर

मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन केन्द्रको सत्ता समिकरणलाई  काउन्टर भएको छ ।  आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेसँगै केन्द्रको समिकरणलाई काउन्टर गरीएको हो । 

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहकाबीच सहमति भएको हो।

कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमती भएको हो । 

मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।  उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।

उनी नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्षीय नेता हुन् । चौधरीको पक्षमा हस्ताक्षर गर्नेहरूमा नेकपा (एकीकृत समाजवादी) का सांसद पनि रहेको सांसद तुलसी देवकोटाले बताइन् ।  तर, एकीकृत समाजवादीभित्र कसलाई समर्थन गर्ने भन्नेबारे विवाद छ । बताइएअनुसार २ जना सांसद भने त्यहाँ पुगेका छैनन् । चौधरी प्रदेश प्रमुखकहाँ पुगेर दाबी पेश गरिसकेका छन् ।

चौधरीले कांग्रेसका १८, नाउपाका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ गरी २९ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

अर्काे तर्फ नेकपा (एमाले)- नेकपा (माओवादी केन्द्र) गठबन्धनले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गरेको छ । नाउपाका किशोर चौधरीको नेतृत्वमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गठबन्धनले गरेको थियो ।

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र नाउपाको रेशम चौधरी पक्षका चार सांसद रहेका छन्। यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ।

यद्यपी केन्द्रको नयाँसमीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान भएकाे थियो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबि गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग सहमति गरेको हो।

प्रदेश प्रमुखले सरकार गठनको दाबि गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन्। यस अघि सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending