Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुदूरपश्चिममा कांग्रेस, नेकपा एस र नउपासहितको सरकार बन्दै, केन्द्रको समिकरणलाई काउन्टर

मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

खबरडबली संवाददाता

धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन केन्द्रको सत्ता समिकरणलाई  काउन्टर भएको छ ।  आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेसँगै केन्द्रको समिकरणलाई काउन्टर गरीएको हो । 

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहकाबीच सहमति भएको हो।

कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमती भएको हो । 

मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।  उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् ।

उनी नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्षीय नेता हुन् । चौधरीको पक्षमा हस्ताक्षर गर्नेहरूमा नेकपा (एकीकृत समाजवादी) का सांसद पनि रहेको सांसद तुलसी देवकोटाले बताइन् ।  तर, एकीकृत समाजवादीभित्र कसलाई समर्थन गर्ने भन्नेबारे विवाद छ । बताइएअनुसार २ जना सांसद भने त्यहाँ पुगेका छैनन् । चौधरी प्रदेश प्रमुखकहाँ पुगेर दाबी पेश गरिसकेका छन् ।

चौधरीले कांग्रेसका १८, नाउपाका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ गरी २९ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

अर्काे तर्फ नेकपा (एमाले)- नेकपा (माओवादी केन्द्र) गठबन्धनले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गरेको छ । नाउपाका किशोर चौधरीको नेतृत्वमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गठबन्धनले गरेको थियो ।

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र नाउपाको रेशम चौधरी पक्षका चार सांसद रहेका छन्। यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ।

यद्यपी केन्द्रको नयाँसमीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान भएकाे थियो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबि गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग सहमति गरेको हो।

प्रदेश प्रमुखले सरकार गठनको दाबि गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन्। यस अघि सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending