रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्यो ।
सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग महलमा ‘अन्य’ गराउनका लागि सिफारिस माग गरेका थिए । वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका आलेलाई ‘अन्य’ पहिचानमा नागरिकता दिनुको सट्टा जिल्ला प्रहरी कार्यालय चैत २२ गते सर्जमिन मुचुल्का गर्न पत्र पठायो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रशासन कार्यालयलाई चैत २८ गते स्थलगत सर्जमिन मुचुल्का पठायो । वर्ष २०८० को अन्तिम दिन आले नागरिकता लिन सबै कागजातसहित प्रशासन कार्यालय पुगे । तर, प्रशासनले नागरिकता दिएन ।
अन्यमा नागरिकता जारी गर्न नागरिकता ऐनमा संशोधन भैसकेको छ । देशभरबाट १५ सय भन्दा बढीले नागरिकता महलमा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिएका छन् । वडा कार्यालयको सिफारिस अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अन्यको नागरिकता लिन थालेको एक दशक नाघिसकेको छ ।
चिकित्सकको प्रमाणपत्र माग गर्ने जिल्ला प्रशासन कार्यालयविरुद्ध तेस्रो लिङ्गी आनिक रानाले २०७३ मा सुनिलबाबु पन्तसँग सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन । २०६९ पुस १६ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार ‘अन्य’ मा नागरिकता लिन जाँदा चिकित्सकको प्रमाणपत्र माग गरेपछि आनिक सर्वोच्च अदालत पुगेकी थिइन ।
सर्वोच्चले २०७३ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको माग अनुसार लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन चिकित्सकको प्रमाणपत्र नखोज्न आदेश दिएको थियो ।
तेस्रो लिङ्गी राना सर्वोच्चको आदेश अनुसार रुपन्देही जिल्लामा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिने पहिलो व्यक्ति बनिन् । ‘सिडिओले कुरा सुन्नै चाहनु भएन, अन्यमा नागरिकता लिन सिफारिस मात्रै भए पुग्ने हो,’रानाले भनिन्,‘सर्जमिन मुचुल्का गर्न लगाएर नागरिकता लिन जाँदा कुरै नसुनी फिर्ता पठाउनु भयो ।’
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चैत २२ गते सुभाष आलेको नागरिकता प्रमाणपत्रमा रहेको फोटो र हालको फोटो फरक पर्नको कारण के हो रु सत्य तथ्य ब्यहोरा सर्जमिन मुचुल्कामा उल्लेख गराइदिन पत्र पठाएको थियो ।
प्रशासन कार्यालयमा पठाएको सिफारिसमा लेखिएको थियो, ‘निजको फोटो प्रमाणित गरी नागरिकता प्रमाणपत्र जारी गर्दा तथा लिङ्ग महलमा अन्य कायम गरी नागरिकता प्रतिलिपि कायम गरेमा कुनै फरक पर्नेछैन ।’
आले सानो छदा स्वभाव केटाको जस्तो देखिएकाले नागरिकता प्रमाणपत्र जारी गर्दा लिङ्ग केटा राखी नागरिकता प्राप्त गरेकोमा आलेको स्वभाव परिवर्तन भई २०८० जेठ २१ गते भारत स्थित ओलमेक हेल्थ केयर मार्फत सर्जरी गराएको सर्जमिन मुचुल्कामा लेखिएको छ ।
आले तेस्रो लिङ्गी अर्थात् अन्य भएको हुँदा हालको अनुहार र पहिलेको अनुहार नमिलेको ब्यहोरा सहिसाँचो भएको मुचुल्का सिफारिस गरिएको छ ।
अन्य कायम गरी नागरिकता प्रतिलिपि दिँदा कुनै फरक नपर्ने सिफारिस सहित सम्पूर्ण कागजपत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानुन नै नभएको भन्दै फर्काइदिएको तेस्रो लिङ्गी अधिकारकर्मी आनिक रानाले बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: