Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

लिङ्ग परिवर्तन गरेका सुभाष आलेले मागे तेस्रोलिंगीको नागरिकता

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्‍यो ।

सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग महलमा ‘अन्य’ गराउनका लागि सिफारिस माग गरेका थिए । वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका आलेलाई ‘अन्य’ पहिचानमा नागरिकता दिनुको सट्टा जिल्ला प्रहरी कार्यालय चैत २२ गते सर्जमिन मुचुल्का गर्न पत्र पठायो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रशासन कार्यालयलाई चैत २८ गते स्थलगत सर्जमिन मुचुल्का पठायो । वर्ष २०८० को अन्तिम दिन आले नागरिकता लिन सबै कागजातसहित प्रशासन कार्यालय पुगे । तर, प्रशासनले नागरिकता दिएन ।

अन्यमा नागरिकता जारी गर्न नागरिकता ऐनमा संशोधन भैसकेको छ । देशभरबाट १५ सय भन्दा बढीले नागरिकता महलमा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिएका छन् । वडा कार्यालयको सिफारिस अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अन्यको नागरिकता लिन थालेको एक दशक नाघिसकेको छ ।

चिकित्सकको प्रमाणपत्र माग गर्ने जिल्ला प्रशासन कार्यालयविरुद्ध तेस्रो लिङ्गी आनिक रानाले २०७३ मा सुनिलबाबु पन्तसँग सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन । २०६९ पुस १६ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार ‘अन्य’ मा नागरिकता लिन जाँदा चिकित्सकको प्रमाणपत्र माग गरेपछि आनिक सर्वोच्च अदालत पुगेकी थिइन ।

सर्वोच्चले २०७३ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको माग अनुसार लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन चिकित्सकको प्रमाणपत्र नखोज्न आदेश दिएको थियो ।

तेस्रो लिङ्गी राना सर्वोच्चको आदेश अनुसार रुपन्देही जिल्लामा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिने पहिलो व्यक्ति बनिन् । ‘सिडिओले कुरा सुन्नै चाहनु भएन, अन्यमा नागरिकता लिन सिफारिस मात्रै भए पुग्ने हो,’रानाले भनिन्,‘सर्जमिन मुचुल्का गर्न लगाएर नागरिकता लिन जाँदा कुरै नसुनी फिर्ता पठाउनु भयो ।’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चैत २२ गते सुभाष आलेको नागरिकता प्रमाणपत्रमा रहेको फोटो र हालको फोटो फरक पर्नको कारण के हो रु सत्य तथ्य ब्यहोरा सर्जमिन मुचुल्कामा उल्लेख गराइदिन पत्र पठाएको थियो ।

प्रशासन कार्यालयमा पठाएको सिफारिसमा लेखिएको थियो, ‘निजको फोटो प्रमाणित गरी नागरिकता प्रमाणपत्र जारी गर्दा तथा लिङ्ग महलमा अन्य कायम गरी नागरिकता प्रतिलिपि कायम गरेमा कुनै फरक पर्नेछैन ।’

आले सानो छदा स्वभाव केटाको जस्तो देखिएकाले नागरिकता प्रमाणपत्र जारी गर्दा लिङ्ग केटा राखी नागरिकता प्राप्त गरेकोमा आलेको स्वभाव परिवर्तन भई २०८० जेठ २१ गते भारत स्थित ओलमेक हेल्थ केयर मार्फत सर्जरी गराएको सर्जमिन मुचुल्कामा लेखिएको छ ।

आले तेस्रो लिङ्गी अर्थात् अन्य भएको हुँदा हालको अनुहार र पहिलेको अनुहार नमिलेको ब्यहोरा सहिसाँचो भएको मुचुल्का सिफारिस गरिएको छ ।

अन्य कायम गरी नागरिकता प्रतिलिपि दिँदा कुनै फरक नपर्ने सिफारिस सहित सम्पूर्ण कागजपत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानुन नै नभएको भन्दै फर्काइदिएको तेस्रो लिङ्गी अधिकारकर्मी आनिक रानाले बताइन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending