Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गृहमन्त्री लामिछाने भन्छन्- ठगी र तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्छ, कसैलाई छाड्दैन

खबरडबली संवाददाता

वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्। 

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताए। 

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए । ‘‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ । त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ’’, उनले भने, ‘‘बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’’ 

राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान  गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताए ।  ‘‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरु छन् । किसानले उत्पादन गरेका दूध  फालिने अवस्था सृजना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन’’, उनले भने, ‘‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’’ 

बजारमा प्रतिबन्धित वस्तुहरु पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्र्देशन दिएका छन्। 

‘‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्याप्पछयाप्ती देखिरहेको छ । जुन बजारमा प्रतिबन्धित सामग्री छयाप्पछयाप्ती पाइन्छ । यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन् । त्यसैले त्यस्ता खालका विकृति र विसङ्गति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नुस् ।’’ 

अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गरे । 

 ‘‘उद्योगी÷व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो । त्यसमा कुनै पनि चिन्ता नलिनुस् । तपाईहरुलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन । त्यसको ग्यारेन्टी म लिन्छु’’, उनले भने,  ‘‘म वीरगञ्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु । नियम कानुनको अधिनमा रहँदा तपाईहरुलाई कसैले दबाब सृजना गर्न सक्दैन । न त यहाँ गुण्डागर्दी चल्छ । न त यहाँ हप्तागिरी चल्छ । न त प्रशासनकै चल्छ । न त अमुक मान्छेकै चल्छ । बस यहाँ केबल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ ।’’ 

उद्योगी÷व्यवसायीलाई ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने बताए । 

‘संविधान, ऐन कानुनअनुसार चलेका उद्योगी÷व्यवसायीलाई सरकारले संरक्षण र सुरक्षा दुवै प्रदान गर्छ’’, उनले भने, ‘‘कानुन र विधिको शासन कार्यान्वयन नगर्ने जिम्मेवार निकायलाई पनि त्यसै छाड्दैनौँ ।’’ 

कानुन र विधिअनुसार चलेका उद्योग व्यवसायलाई संरक्षण र सुरक्षा प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

‘‘अब हाम्रो मुख्य प्रथामिकता भनेको नै समाजमा रहेको  विकृति विसङ्गतिको अन्त्य गर्ने हो’’, उनले भने, ‘‘यदि हामी आएर पनि राम्रा काम गर्न सकिएन भने हामीले समाजलाई दिन खोजेको शान्ति, सुरक्षा र समाजलाई दिन खोजेको योगदान दिन सक्दैन । त्यसैले कानुनीराज स्थापित गर्नेतर्फ सबै सक्रिय भएर लागौँ ।’’ 

गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरुवात थालेको दाबी गरे । ‘अब मधेस प्रदेशमा गुण्डागर्दी र लागू औषधको तस्करी नियन्त्रण गर्दै आर्थिक नगरीको रुपमा थिति बसाल्ने छौँ ।’’, 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending