लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।
श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार ९गत ५ अप्रिल० अदालतमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपित मेटसनले २६ वर्षीया होली ब्राम्लीको हत्या गरेको घटनाले सिंगो बेलायतलाई स्तब्ध बनाएको जनाइएको छ ।
बीबीसीका अनुसार अभियुक्त निकोलस म्याटसनले आफ्नी श्रीमतीको यति निर्ममतापूर्वक हत्या किन गरे रु यसको ठोस कारण अहिलेसम्म फेला परेको छैन । अचम्मको र डरलाग्दो कुरा के छ भने आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरिसकेपछि निकोलसले उनका रिरका अंगहरु विस्थापित गर्नका लागि साथी जोसुवा ह्यान्ककको सहयोग पनि लिएका थिए जसका लागि उनले उनलाई ५० पाउण्ड दिएका थिए । उनले नै यो कुराका अदालत समक्ष खुलासा गरेका हुन् ।
आरोपित व्यक्ति मेटसनले मार्च महिनामा हत्या गरेका थिए । मृतक ब्राम्ली २७ मार्च २०२३ मा आफ्नो घर फर्किंदै गर्दा कैद गरिएको सिसिटिभी फुटेजमा हराइन्। यो हत्या गरेपछि आरोपितले केही सातादेखि मार्चमा भएको हत्याको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका थिए । यद्यपि मेटसनले कथित रूपमा प्रहरीहरूलाई भने कि ब्राम्ली मार्च १९ मा महिला सहायता समूहसँग गएकी थिइन ।
अदालतले अब सोमबार (मार्च ८) मा उनको सजायको फैसला सुनाउदैँछ
आरोपी निकोलसले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको अवशेष भान्साकोठामा राखेका थिए । अभियुक्तले उनलाई धारिलो चक्कुले प्रहार गरी शवलाई बाथरुममा टुक्रा पारेका थिए । परिवारका सदस्यबाट उजुरी आएपछि प्रहरीले ब्राम्लीको स्वास्थ्य अवस्थाबारे अनुसन्धान थालेको थियो ।
मार्च २४ २०२३ मा लिंकनशायर पुलिसले दम्पतीको घर निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले फ्ल्याटबाट एमोनिया र ब्लीच पाउडरको गन्ध पनि पाएपछि उनीहरुलाई शंका लागेको थियो । यसपछि बाथरुमको बाथटबमा रगतले लतपतिएको र भुइँमा कालो धब्बा देखिएको देखियो । जब यी दागहरू फोरेंसिक रूपमा जाँच गरियो, तिनीहरू ब्राम्लीको रगत भएको पाइयो।
घर हेर्दा भर्खरै मर्मत गरिएको जस्तो लागेको प्रहरीको भनाई छ । प्रहरी सोधपुछको क्रममा मेटसनले आफ्नी श्रीमतीको हातबाट घरेलु दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । उनले आफ्नो हातमा चोटको निशान पनि देखाए। दुवैले सन् २०२१ मा विवाह गरे र छुट्टिने तयारीमा थिए । त्यही बेला यो घटना भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: