Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्प पीडितको पालमा ५० करोड भ्रष्टाचार, भ्रष्टाचारी चोख्याउँदै अख्तियार

\"tripal काठमाडौं । भूकम्प पीडितका लागि भनेर ल्याइएको त्रिपाल घोटालामा सहरी विकास मन्त्रालयले संस्थागत रुपमा नै एक व्यापारीलाई पोस्ने काममा संलग्न रहेको पाइएको छ । राहतको नाममा ल्याइएको त्रिपालबाट  झण्डै एक अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरिएको भेटिएको हो । मन्त्रालयले सुन तथा मोबाइल तस्करीमा संलग्न व्यापारी दीपक मल्लोहोत्रालाई नै पोस्ने काममा लागेको राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दामा समेत उल्लेख गरिएको छ । भुकम्पबाट बेघर भएका भुकम्प पिडीतको नाममा ल्याइएको राहतमा समेत सरकारी उच्च कर्मचारीको मिलेमतोमा घोटाला गरी जनतालाई ठगी गरेको पाइएपछि उनको गलत धन्दाको पर्दाफास भएको छ । त्यसो त लामो समयदेखि नेपाली बजारमा मोवाईल सेटको बिक्री वितरण गर्दै आएका मल्लोहोत्राको जस्तो सुकै प्रस्तावलाई पनि स्वीकार गर्ने र आफ्नो स्वार्थ पूरा गर्नका लागि सहरी विकास मन्त्री डा नारायण खड्का र सचिव अर्जुन कार्कीले लाइन मिलाएको पाइएको छ । [caption id=\"attachment_36165\" align=\"alignleft\" width=\"210\"]\"narayan_khadka\" मन्त्री नारायण खड्का[/caption] मल्लोहोत्राले ल्याएको त्रिपाल र पाल एकाएक बिक्री वितरण गर्नबाट रोक लगाएको र भन्सार छुटमा ल्याइएको पाल बजार मूल्यका आधारमा बिक्री गरिएको पाइएको छ । दक्षिण कोरियामा उत्पादन हुने र नेपालमा पहिलो नम्बरमा रहेको मोवाईल सामसुङको आधिकारीक बिक्रेताको रुपमा रहेका मल्लोहोत्राले परिवारले मोवाइलको कारोबार देखाउदै अबैधरुपमा गैरकानूनी काम गरेको अख्तियारले छानबिन गरेपनि हालसम्म कुनै कारवाही गरेको छैन । भूकम्प पीडितहरुका लागि त्रिपाल खरिदमा समेत सो घोटाला भएको हो । सो कार्यमा सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र दीपक मलहोत्राले विपतको बेला करोडौं रुपैयाँ कमाउने योजना अनुसार पालको गुणस्तर, आकार र परिमाण छली गरेर भ्रष्टाचार गरेको पुष्टी हुन आएको छ । सामान खरिदमा ‘कोटेसन’ नै नहाली मलहोत्राको ग्यालेक्सी इन्टरनेशनलसँग त्रिपाल खरिद गरिएको थियो । भारतको कर्नाटकवाट टारपुलिन हाउस वालट्याक्स रोडले त्रिपाल आपूर्तिको लागि चासो देखाएर गृह मन्त्रालयमा निवेदन दिएको थियो । सहरी विकास मन्त्रालयले त्रिपाल खरिदको जिम्मा पाएपछि गृहले उक्त निवेदन सहरी विकासमा पठाएको थियो । उक्त कम्पनीलाई टेण्डर नदिई निबेदन नै नदिएको मलहोत्राको ग्यालेक्सीलाई ‘सेटिङ’ का आधारमा सहरी विकासले त्रिपाल आपूर्तिको [caption id=\"attachment_36167\" align=\"alignleft\" width=\"200\"]\" सचिव अर्जूृन कार्कीजिम्मा दिएको थियो ।[/caption]   त्यसका लागि कार्की र मलहोत्राबीच लामो समयको वार्तापछि कमिसनको कुरा मिलेको थियो । धेरै ठाउँमा कमिसन दिनुपर्ने भनेर सचिव कार्कीले धेरै कमिसन मागेपछि मलहोत्रा आफैंले पनि कमिसन दिने ठाउँमा कुरा मिलाएपछि उनीहरुबीच कसले कसलाई कमिसन दिने र आफूहरुले कति लिने तथा धेरै वितरण गरेको कागजात बनाएर स्वीकृत गर्ने जिम्मा सचिव कार्कीले लिएका थिए । ‘सेटिङग’मा मलहोत्राले आपूर्तिको जिम्मा पाएपछि सहरी विकास मन्त्रालयलाई त्रिपाल उपलब्ध गराएका थिए । मल्लोहोत्राले उपलब्ध गराएको  त्रिपाल पहिले तोकिएको कुनै पनि मापदण्डअनुसार नभएको सतर्ककर्ता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कुनै परीक्षण नै नगरी मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल धमाधम वितरण गरिएको थियो तर सो त्रिपाल एकै दिनमा च्यातिएपछि भने गुणस्तरहिन त्रिपाल खरिद गरेको खुल्न आएको भन्दै अख्तियारमा उजुरी परेको हो । त्रिपालमा भएको भ्रष्टाचारबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो । सो समितिले मन्त्री डा खड्का, सचिव कार्की र मल्लोहोत्रालाई कारवाही गर्नुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियारलाई निर्देश गरेको थियो । तर समितिको [caption id=\"attachment_36166\" align=\"alignleft\" width=\"183\"]\"दिपक दिपक मलहोत्रा[/caption] निर्देशनलाई हालसम्म कार्यान्वयन गरिएको छैन । सचिव कार्की अमेरिकाको ग्रिनकार्ड होल्डर व्यक्ति हुन् । उनले आफूलाई कोही कसैले कारवाही गर्न नसक्ने भन्दै खुलमखुल्ला बताउँदै आएका छन् । अख्तियारका प्रमुख लोकमानसिंह कार्कीको नाम लिदै कार्कीले ग्रिनकार्ड र पीआर जे भएपनि केही गर्न नसक्ने भन्दै ध्वाँस दिदै हिड्ने गरेका छन् । मल्लोहोत्राले ट्रक खसाले र भने त्रिपाल बाढीले बगायो विराटनगरबाट काठमाडौंका लागि त्रिपाल लगायतका राहत सामग्री बोकेर आएको भनिएको ना४ख ९७६४ नम्बरको ट्रकमा अन्य सामान राखेर त्रिशूलीमा योजनाबद्ध रुपमा खसालिएको थियो । जेठ ९ गते सो ट्रक लादिएको त्रिपाल बोकेको ट्रक खसालेर ठूलै हल्ला पिटाइयो र भनियो त्रिपाल सबै त्रिशुलीमा बग्यो ।  उक्त त्रिपाल त्रिशूलीमा बेपत्ता भएको भनेर कागजात बनाएर भ्रष्टाचार गरेको र त्यसको सबै सेटिङ मल्लोहोत्राले मिलाएका थिए । ट्रक दुर्घटनामा परेर त्रिपाल लगायतका राहत सामग्री समेत हराएको भनेर जेठ ९ गते शनिबार समाचार दिइएको थियो । सो ट्रकमा पराल बोकाइएर ल्याइएको थियो । सतर्कर्ताको ठहर ५० करोड भ्रष्टाचार भूकम्पबाट घरबारविहीन भएका १४ जिल्लाका पीडितलाई चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले पुष्टि गरेको थियो । पहिलो चरणको खरिदमा सो परिणाम बराबरको रकम भ्रष्टाचार भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा केन्द्रले गरेको अनियमितता छानबिनले १ लाख ६० हजार चार सय ३७ थान पालमा भ्रष्टाचार भएको देखाएको थियो । केन्द्रको छानबिन अनुसार सहरी विकास मन्त्रालयबाट केन्द्रीय राहत वितरण केन्द्र नेसनल ट्रेडिङ केद्रमा पठाउनुपर्ने चार लाख २५ हजार थान पालमध्ये २०७२ जेठ १६ गतेसम्ममा दुई लाख ६४ हजार पाँच सय ६३ थान पालमात्र दाखिला भएको उल्लेख गरेको थियो । कूल खरिद भएको चार लाख ५२ हजार सात सय दुई थान पालको मूल्य ६९ करोड ८६ लाख रुपैयाँ परेको प्रतिवेदनमा जनाइएको छ । यसरी प्रतिपाल औसत मूल्य एक हजार पाँच सय ४६ रुपैयाँका दरले २४ करोड ८० लाख रुपैयाँ भ्रष्टाचार भएको केन्द्रको छानबिनले नै पुष्टि गरेको थियो । सहरी विकास मन्त्रालयबाट खरिद प्रक्रिया अघि बढाइएको चार लाख २५ हजार थान त्रिपालमध्ये मल्लोहोत्राले उपलब्ध गराएको त्रिपालको त्रिपालको भर्पाईसमेत नभएको पाइएको छ । तर अख्तियारले छानबिनमा सुस्तता देखाउनुको पछाडि विवास्पद ब्यापारी दीपक मल्लोहोत्राले  शक्तिले काम गरेको चर्चा अख्तियारभित्रै हुने गरेको छ । मल्होत्राको ग्यालेक्सी इन्टरनेशल कन्सलटेन्सीलाई १ लाख ५० हजार थान त्रिपाल खरिद गर्न सोझै दिएकाले त्यसको पुरस्कारस्वरुप सचिव कार्कीलाई सफाइ दिइएको हो भन्छन् सहरी विकास मन्त्रालयका अधिकारीहरू । त्यसपछि सबैभन्दा बढी कांग्रेस सभाषद् इन्द्र बानियाँको बानियाँ ट्ेरडर्सले ६० हजार थान त्रिपाल सप्लाई गर्ने कोटेसन पाएको थियो । खरिद गरिएका त्रिपाल पनि गुणस्तरहीन भएको सतर्कताको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रमाणसहित केन्द्रले छानबिन प्रतिवेदन सहित अख्तियारमा पठाए पनि अख्तियारले सचिव कार्कीलाई उन्मुक्ति दिन लागेको बुझिएको छ । त्रिपाल खरिदका विषयमा सहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनमा खरिद गरिएका त्रिपालको स्टोर, दाखिला, आम्दानी, खर्च, मौज्दात, वितरणका आधार र वितरण गरिएको विवरणसम्बन्धी कागजातहरू माग गरिएकोमा सोसम्बन्धी विवरण प्राप्त हुन नसकेको भन्ने बेहोरा उल्लेख भएको पाइएको केन्द्रको प्रतिवेदनमा छ । प्रतिवेदनले एउटै मालसामान विभिन्न मूल्यमा र छुट्टाछुट्टै स्पेसिफिकेसनमा खरिद गरिएकोसमेत उल्लेख गरेको छ । त्रिपाल आपूर्तिकर्ताहरूमा दीप किरण प्रिन्टिङले ८६ लाख रुपैयाँको तीन हजार दुई सय ९८ थान, माता इन्टरप्राइजेजले ९९ लाख रुपैयाँको ६ हजार चार सय ३ थान, लक्की एस इन्टरप्राइजेजले तीन करोड ७२ लाख रुपैयाँको १४ हजार सात सय ८७ थान, नासा ट्रेड कन्सर्नले तीन लाख ९० हजार रुपैयाँको दुई सय ४० थान, इन्टरटेक टारपोलिन्सले ६ लाख ३५ हजार रुपैयाँको दुई हजार ६ सय ६६ थान, अजयशुभ ट्रेडर्सले ६० करोड रुपैयाँको २७ हजार सात सय नौ थान आपूर्ति गरेका थिए। त्यस्तै ग्यालेक्सी इन्टरनेसनल, बानियाँ ट्रेडर्स, बाबा इन्टरप्राइजेज, एसपी इन्टरप्राइजेज, रकी इन्टरप्राइजेजलगायत छन् । २०७२ वैशाख ३१ को निर्णयबाट ल्याइएका तीन लाख पाल जयआकाश इन्टरप्राइजेज, साल्ट ट्रेडिङ कर्पोरेसन, रोजी मल्टपल बिजनेस प्रालि, ग्यालेक्सी इन्टरननेसल कन्सलटेन्सी, हनुमान ट्रेडिङ बलम सप्लायर्स, भी मल्टी कन्सर्न प्रालि, बानियाँ ट्रेडर्स, विकोई विल्डर्स प्रालि, कान्तिपुर ट्रेडर्स एन्ड सप्लायर्स र हिमशिखर सप्लायर्स एन्ड ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending