Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

दाजुभाइको राशी अनुसार लगाइदिनुहोस् यी रंगका राखी

\"raksha-bandhan\"भाइ बहिनीको सम्बन्धलाई सबैभन्दा पवित्र मानिएको छ र यहि पवित्र सम्बन्धको महत्वलाई थप उजागर गर्नको लागि रक्षाबन्धन पर्व मनाइँदै आइएको छ । हुन त नेपालीहरुका लागि तिहारको भाइटिका विशेष मानिन्छ तरपनि आजकाल दिदि बहिनीले आफ्ना दाजु भाइलाई रक्षाबन्धन स्वरुप राखी लगाइदिने गर्दछन्, यद्यपी यो पर्व विशेष रुपमा भारतमा मनाइने गरिन्छ । आजकाल दाजुभाइ र दिदिबहिनीको पावन प्रेमको प्रतिक रक्षाबन्धन हरेकले प्रतिक्षा गरिरहेका हुन्छन् । र रक्षाबन्धको यो अवसरमा यदि दिदी बहिनीले आफ्ना दाजुभाइलाई उनीहरुको राशी अनुसारको राखी बाँधिदिन्छन् भने यसको महत्व अझ बढ्ने गर्दछ । ज्योतिषका अनुसार शुभ रंगले युक्त राखीहरुले जीवनमा सुख–समृद्धि र खुसी निम्त्याउने गर्दछ । आउनुहोस्, कुन राशी भएका दाजुभाइलाई कस्तो रङको राखी लगाउँदा बन्धन शुभ हुने गर्दछ । मेष राशीः यदि तपाईंको दाजुभाइको राशी मेष हो भने तपाईंले उनलाई रातो रङको राखी लगाउदिनुपर्नेहुन्छ । यसले तपाईंको दाजुभाइलाई उर्जावान् राख्ने गर्दछ जसले उनीहरुको जीवनमा उत्साह कायम गर्न मद्दत गर्दछ । यसका साथै तपाईंले पहेंलो रङको राखी पनि लागइदिनसक्नुहुन्छ । यसका साथै तपाईंले केसरीको टिका लगाइदिनुहोस् । वृष राशीः यो राशी भएकालाई सेतो अथवा सिल्भर रङको राखी लागइदिनुहोस् । यसले उनीहरुको मनलाई शान्त र प्रशन्न बनाउन मद्दत गर्दछ । मिथुन राशीः यो राशी भएकालाई हरियो अथवा चन्दनबाट बनेको राशी विशेष रुपमा शुभ हुने गर्दछ । यसले उनीहरुको आत्मविश्वास बढाउनेछ । कर्कट राशीः यी राशी भएका दाजुभाइलाई रेतो रेशमको धागो अथवा मोतीबाट बनेको राखी लगाउनुपर्छ । यसका साथै चन्दनको टिका लगाइदिनुहोस् । यसले भावनात्मक सम्बन्ध बलियो हुने गर्दछ र उनीहरुको मन पनि सधैं शान्त हुनेछ । सिंह राशीः यो राशी भएका दाजुभाइको नाडीमा सुनौलो, पहेंलो अथवा गुलाबी रंगको राखी लगाइदिनुहोस् । यसले उनीहरुको भाग्योदय हुनेछ । कन्या राशीः कन्या राशी भएका दाजुभाइको नाडीमा सेतो रेशम रंगको अथवा हरियो रंगको राखी लगाइदिनुहोस् । यसका साथै चन्दनको टिका लगाइदिनुहोस् । यसले दाजुभाइको जीवनको रक्षा हुने गर्दछ । तुला राशीः दाजुभाइको राशी तुला छ भने उनीहरुको नाडीमा सेतो, क्रिम अथवा हल्का निलो रंगको राखी लगाइदिनुहोस् । यसले वर्षभरि दाजुभाइलाई हुनसक्ने नकारात्मक प्रभावबाट टाढा राख्नेछ । र उनीहरुलाई न्याय गर्ने शक्ति प्रदान गर्नेछ । वृश्चिक राशीः यी राशीलाई रातो अथवा गुलाबी रंगको चम्किलो राखी बाँध्नुपर्ने हुन्छ । निधारमा टिका पनि लगाइदिनुहोस् र रातो रङको मिठाई पनि खुवाउनुहोस् । यसले पूरा वर्ष उनीहरुको जीवनमा खुसी ल्याउनेछ र उनीहरुको क्रोधलाई शान्त गर्नुका साथै रोगबाट मुक्त गर्नेछ । धनु राशीः तपाईंको आफ्नो धनु राशी भएका दाजुभाइलाई पहेंलो रेशमको रंगको राखी लगाइदिनुहोस् । चन्दनको राखीले जीवनमा सुवास छर्ने गर्दछ । यसले तपाईंको दाजुभाइको अध्ययन र व्यवसायमा सफलता हाँसिल गर्न मद्दत गराउनेछ । मकर राशीः मकर राशी भएका दाजुभाइको नाडीमा गहिरो रंग जस्तै निलो अथवा गहिरो निलो रंगको राखी लगाइदिनुहोस् । यसले उनीहरुलाई हरेक कार्यमा सफल बनाउनेछ । कुम्भ राशीः कुम्भ राशी भएका दाजुभाइको नाडीमा पहेंलो रंग अथवा रुद्राक्षद्वारा निर्मित राखी बाँध्नु अत्यन्त शभ मानिन्छ । यसले उनीहरुको व्यक्तित्व राम्रो बनाउने गर्दछ भने उनीहरुको मनोबललाई बलियो बनाउन सहयोग गर्दछ भने दाजुभाइको भाग्य पनि चम्किनेछ । मीन राशीः यदि दाजुभाइको राशी मीन छ भने सुनौलो पहेंलो रंगको राखी बाँधिदिनुहोस् । यसले उनीहरुको मन स्वस्थ रहने गर्दछ भने उनीहरुको जीवन शुभ हुने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies