हुम्ला । नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्यपुस्तक विद्यालयमा पुगेका हुन ।
चार गाउँपालिकामा पुस्तक ढुवानीको कार्य गरेको एल।बी। सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले आफ्नो जिम्मामा सबै ७५ वटा विद्यालयमा पाठ्यपुस्तक गाउँपालिकामा पुगेर विद्यार्थीहरुको हात हातमा वितरण गरिएको बताए ।
उनले गाउँपालिका अनुसार ताँजाकोटमा १७ वटा, अदानचुलीमा १९ वटा, चङ्खेलीमा २२ वटा र खार्पुनाथका १७ वटा विद्यालयमा पाठ्यपुस्तक पठाइएको बताए । कक्षा एकदेखि पाँचसम्म फागुन महिनामा पुस्तक पुर्याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पुस्तक विद्यार्थीहरुको हातमा पुर्याउने कार्य भएको हो ।
उत्तरी क्षेत्रका दुई वटा गाउँपालिका सिमकोट र नाम्खाका ३९ वटा विद्यालयहरूमध्ये नाम्खा गाउँपालिका– ६ को लिमीको सुनखानी आवि बाहेक अन्य ३८ वटा विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याउन सफल रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले सबै कक्षाका पुस्तक पुर्याउने कार्य पुरा भएको बताए ।
लिमीको सो विद्यालयमा पनि सडकमा हिउँ जमेर आवतजावत बन्द भएको कारण पाठ्यपुस्तक पुर्याउन नसकिएको हो । यता ज्ञानु पुस्तक पसलले पनि सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पुर्याउने कार्य पुरा भएको जनाएको छ । हुम्लाका विद्यालयहरूमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।
जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख होमराज डङ्गोलले हुम्ला जिल्लाका पाँच वटा गाउँपालिकाका विद्यालयहरूका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्याए बिक्री गरेको जानकारी आएको बताए । बाँकी तीन वटा गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कुल विद्यालयहरूका २१ हजार ६८ विद्यार्थीहरुको हातमा पुस्तक पुगेको बताए ।
सबै कक्षाका विद्यार्थीहरुलाई हात हातमा पुस्तक पुगेपछि पठनपाठन पनि सहज भएको छ । हुम्लाका लागि केन्द्रले चैत १२ र १३ गते वितरण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: