काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् ।
उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।
प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले भने ‘मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको बीचमा सःशर्त अनुदानको रुपमा रकम पठाउने कार्य आगामी आर्थिक वर्षदेखि बन्द गरिन्छ। त्यो हुन दिइँदैन। जति बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने हो, जेठ १५ गते बजेटमै व्यवस्था गरेर जाऊ भन्ने म सबैसँग हार्दिक आग्रह गर्न चाहन्छु। प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मैले भनी पनि राखेको छु। र आजको बैठकबाट जेजे विषयहरु उठेका छन्। त्यसमा अझ ठोस निर्देशन दिने आधार तयार भएको कुरा पनि म प्रष्ट पार्न चाहन्छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...
चैत्र १० गते, २०८२ - १४:२४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...
चैत्र १० गते, २०८२ - १४:१६
२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ
चैत्र १० गते, २०८२ - १४:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...
चैत्र १० गते, २०८२ - १३:१०
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...
चैत्र १० गते, २०८२ - १३:०३
स्याङ्जा। स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ...
चैत्र १० गते, २०८२ - १२:५०
कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका(२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाल...


प्रतिकृया लेख्नुहोस्: