Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

जाँगरले भरिएका पाखुराहरु

खबरडबली संवाददाता

काठमाडौं । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन् । किनकी उनको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उनी‘ भन्छिन्, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।” 
पाटनढोका नजिकै रहेको चौतारा मुनि उन‘को दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्ने गरेकी उनको बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्ने गर्छिन उनी । उन‘का केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छिन्, गणेशमाया ।
दश वर्षभन्दा बढी भयो उनी‘ त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उन‘कै आँखा अघि बिते । बाँकी एउटा छोरा छन् घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउँछिन् उनी । “छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ”, उननले भनिन्, “दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।”     

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उन‘ले त्यसको आफ्नै उपचार अपनाएकी छन् । बाह्रहाते पटुकी कसेर व्यापार बस्ने उनी  काम गरी खान उमेर बाधक हुँदैन भन्ने ग५िेन् ।  गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ ।

गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बसेकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उनी‘ आफैँ कलङ्की पुगेर होलसेलमा सामान ल्याउने गर्छिन् । उन‘को सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् । 

मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झन्छिन् । कुन समय उनलाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर उनी‘ जिउ पाल्न सन्तानसहित काठमाडौँ पसेकी थिईन् । पाटनमा बस्ने उनी‘ एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्ने गरेको बताउछिन्। “दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाई हुन्छ हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्ने उनले बताइन् । मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ ।     

गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्छन् । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि हुन्छन् । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेका छन्  । मनमाया सुनाउँछिन्,“खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।”     

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुगिन् । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उनी‘ काम नगरी बस्दिनन् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उनको‘ नाङ्लोभरी बादम राखेर बेच्ने गरेकी छन् । हरियो मकैको याममा उनले मकै पनि राख्ने गरेकी छन् ।  यति मात्रै होइन, उनी‘ सामान लिन एक्लै हिडेर कालीमाटी पुग्ने गर्छिन्  । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई ।     

उन‘का श्रीमान मानसिक रोगले पीडित छन् । उनको स्याहार समेत गर्न भ्याउने धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउँछिन् । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उन‘ले सन्तानलाई दिन चाहन्नन् । “अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ’’, धनकुमारी भन्छिन्,“हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।”     

धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउँछिन् । बिहानै ४ बजे उन‘को निद्रा खुल्छ । सबै सुतिरहेको बेला उनी‘ उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्ने गर्छिन् । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिने गरेको उनी सुनाउँछिन्  ।     

काठमाडौमा उन‘लाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउँथे । त्यही रुपैयामा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले मह‘गाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया बताउँछिन् । उनी भन्छिन्,“मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।”     

बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्छन् । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ । उनी‘ बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जान्छन् । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुन्छन् । उनी‘ले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरे । जागिरे जीवनमा हुँदा उन‘ले आफैँले जुत्ता सिउने सीप सिकेका थिएनन् ।     

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाए । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम उन‘ले सिकेका थिएनन् । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिके । अहिले आफ्नै पसल सञ्चालन गरेर बसेका छन् । “सीप महत्वपूर्ण हुने रहेछ”, उनी भन्छन्, “बुढौलीमा काम आएको छ ।” 

इन्द्रबहादुर अलि पुराना पुस्ताका हुन् । उन‘ले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उनी‘ अलि चिन्तित छन् । परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने उनी बताउँछन्  । ‘‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’’, उनी भन्छन्,“उमेर ढल्किदै गएपनि सिक्ने रहर उस्तै छ ।”     

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त भए । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुलेका छन् उनले । जागिर छोडेर घरमै बस्ने मनसाय उन‘को थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाएका थिए । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आएका छन् ।     

यतिबेला उन‘को अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । “अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ,” उनी भन्छन्,“विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु ।” नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर ।” नारायण यो सोचको ठीक विपरीत मत राख्छन् । शरिरले साथ दिंदासम्म कर्म गर्नुपर्छ । उनका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।     

नारायाणलाई उन‘की आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय भएका हुन् । “बुढौली उमेर बेकार हुँदैन”, उनी भन्छन्, “त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।” नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु छन् । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय हुने उनको भनाइ छ  । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुर्सद नै छैन उनलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उनले बताए  ।     

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गरे । बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उन‘ले एउटा उपाय अपनाएका छन् । हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुन्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गरे । “केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा”, उनी भन्छन्, “हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।” 

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र वेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताए ।     

राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् । बृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुल जनसङ्ख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् । उनी‘हरु सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् ।     

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाई आएको उनले बताए  । “बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो”, उनी भन्छन्, “जेष्ठ नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।” त्यस्तै, बुढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ । राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक रहेको उनले बताए ।​

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending