कैलाली । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा रु आठ करोड ७१ लाखको तरकारी, १६ लाख ५० हजारको मटर, १४ लाख ८६ हजारको फर्सी, लौकालगायतको तरकारी, सात लाख ३३ हजारको प्याज, पाँच लाख २९ हजारको काँक्रा, सात लाख ४१ हजारको कागती र रु ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ ।
यस्तै चालु आवको सोही अवधिमा आठ करोड ४९ लाखको अङ्गुर, चार करोड ४९ लाखको अनार, दुई करोड ३० लाखको अम्बा, आँपलगायतका फलफूल, दुई करोड ११ लाखको सुन्तला, ८७ लाख २९ हजारको स्याउ तथा ८४ लाख ७१ हजारको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
राजस्व सङ्कलनमा कमी
कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन् । चालु आवको फागुन मसान्तसम्म सात अर्ब ५६ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १३ करोड दुई लाखमात्रै सङ्कलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
चालु आवको साउनमा ७२ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४६ करोड ८२ लाख, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकामा ५१ करोड ९३ लाख, असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा ९७ करोड ५२ लाख लक्ष्य रहेकामा ६१ करोड ४६ लाखमात्रै राजस्व सङ्कलन भएको उनले बताए ।
यस्तै मङ्सिरमा एक अर्ब दुई करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७३ करोड ३४ लाख, पुसमा एक अर्ब चार करोड १३ लाख लक्ष्य रहेकामा ६८ करोड ९० लाख, माघमा ९२ करोड ६९ लाख लक्ष्य रहेकामा ६६ करोड ६७ लाख तथा फागुनमा एक अर्ब ९८ लाख लक्ष्य रहेकामा ६९ करोड एक लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
चालु आवमा कैलाली भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवको आठ महिनामा पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो । आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो ।
“आयात घटेसँगै राजस्व सङ्कलन प्रभावित भएको हो”, उनले भने–“पूँजीगत खर्च बढ्न सकेको छैन । विकास निर्माणका कार्य पनि त्यति भएका छैनन् । यसबाट राजस्व असुलीमा कमी आएको हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: