लमजुङ । लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट भएको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेकी हुन् ।
घाइते बालिकाका अनुसार नियमित दोस्रो क्लासकी शिक्षिका मियाँले २ दिन अघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकी थिइन् । सो क्रममा नै सो बालिकाको औलामा रगत जमेको थियो । आइतबार १२ बजेतिर क्लासमा मिसले ५ वटा प्रश्न सोधेको र पहिलो प्रश्न मिलाएपनि दोस्रो प्रश्नको उत्तर नजानेपछि बाँसको लौरीले बेस्सरी पिटेको उनले बताइन् । पीडित बालिकाले हात दुखेको भनेपछि खुट्टामा पिटेको र दुख्यो भन्दा पनि पिट्न नछाडेको बताएकी छन् ।
कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिएको छ । पिडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको उनका आफन्तले बताएका छन् । चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केहि साताका लागि औषधि दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले बताइन् ।
आफुले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका छोराछारीलाई यसरी कुट्न नपाइने भन्दै उनले शिक्षकमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी छन् । सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी समेत रहेको बालिकाकी आमाले बताइन् । बालिकामाथि १२ बजे कुटपिट भएपनि उनलाई स्कुल बन्द हुने समय ४ बजेपछि मात्र स्कुलबाट निस्कन दिएको बताइएको छ ।
विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताए । आफु काम बिशेषले बाहिर रहेको र घट्नाबारे जानकारी पाएको उनले बताए । यस विषयमा विद्यालय समयमै छलफलमा बोलाएको र घट्नाबारे बुझेर मात्रै आफु बोल्ने उनको भनाइ छ ।
यस घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारी समेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निश्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: