Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

नयाँ प्रविधिले अस्पतालको फोहर व्यवस्थापनमा सहज

खबरडबली संवाददाता
पर्वत । दैनिकजसो जोखिमयुक्त फोहर जलाउँदा दुर्गन्ध फैलिएपछि पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ । 
 
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो । अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ । 
 
दैनिकजसो सयौँ बिरामी उपचारका लागि आउने अस्पतालमा फोहरको मात्रा समेत अत्यधिक हुने गरेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए। 
 
विसं २०४६ मा अस्पताल स्थापना भएदेखि नै जोखिमयुक्त फोहर व्यवस्थापन गर्दा ‘जलाउने विधि’ रहेकोमा अहिले ‘अटो क्लेप्स’ मेशिनमार्फत व्यवस्थापन गर्न थालेपछि सङ्क्रमण फैलिने र दुर्गन्ध फैलिने दुवै समस्या हटेको उनले बताए । फोहर जलाउँदा निस्केको धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी  मात्र हैन आसपासको बस्तीका बासिन्दालाई पनि प्रत्यक्ष असर गर्ने गरेको थियो ।
 
स्वास्थ्य संस्थाबाटनै उत्सर्जन भएको धुवाँले वातावरण प्रदूषित बनाउँदै स्थानीयलाई समेत असर गरेपछि अस्पतालमा जोडिएको ‘अटो क्लेप्स’ उपकरणले धुवाँ विस्थापन गरेको अध्यक्ष गिरीले बताए। अस्पतालले रु १० लाखको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको हो ।
 
बस्तीभरि दुर्गन्ध फैलिएपछि स्थानीयवासीले आन्दोलननै गरेका थिए । धुवाँका कारण समुदाय नै दुर्गन्धित बनेको, बस्तीमा बस्न नै कठिन भएकोलगायतका समस्या भएपछि प्रदेश सरकारबाट आएको बजेटबाट अस्पताल व्यवस्थापन समितिमार्फत अटो क्लेप्स मेसिन जडान गरिएको हो । सोही उपकरणबाट फोहरलाई निर्मलीकरण गर्न थालेपछि जलाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष गिरीले बताए। 
 
नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणु, रसायन वा अन्य पदार्थको सम्पर्कमा रहेको फोहरलाई नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सवारीमा सिधै राख्दा उक्त रसायन, पदार्थ, कीटाणु हावा र पानीमा फैलिने जोखिम समेत रहेको थियो । यस्तो फोहरले धेरैलाई सङ्क्रमित गर्ने वा स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने भएकोले अस्पताल परिसरमा नै खाडल बनाएर सोही खाडलमा जलाउने गरिएकामा अहिले स्वास्थ्यमा असर नगर्ने खालका फोहर पदार्थ मात्रै नगरपालिकाको सवारीले उठाउने गरेको छ ।
 
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले फोहरको वर्गीकरण गरेर जोखिम बहन गरेका फोहरलाई सुरक्षित तवरले अस्पतालमै नष्ट गरिने र सामान्य खालका फोहरलाई नगरपालिकाको सवारीमा पठाउने गरिएको बताए । फोहरलाई ‘अटो क्लेप्स’ मेशिनमा राखेपछि कम्तीमा पनि एक सय २२ डिग्री सेल्सियस तापक्रम कायम हुने गरी हानिकारक पदार्थलाई निष्क्रिय गरिदिन्छ । यसरी निर्मलीकरण गरिएको फोहर निकालेर सुकेपछि मात्रै नगरपालिकाको सवारीलाई दिने गरिएको उनको भनाइ छ ।
 
अस्पताल परिसरभित्रै व्यवस्थित फोहर व्यवस्थापन कक्ष स्थापना गरेर वाष्पीकरण विधिबाट सबै कीटाणु र जीवाणुलाई नष्ट गरिएकाले अहिले स्वास्थ्यकर्मी, बिरामी र समुदाय तथा आम नागरिकलाई पनि स्वस्थ रहन मद्दत गरेको डा बास्तोलाले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending