म्याग्दी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ ।
ती शिविरबाट चार सय बढी विद्यार्थीको नि:शुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिए।
शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहेका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गरेको थिए । शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसँगसँगै आँखाको भित्री भाग दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको उनले बताए। आँखा परीक्षणका क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका विद्यार्थीलाई नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखामार्फत हिमालय आँखा अस्पतालबाट नि:शुल्क चश्मा माग गरी उपलब्ध गराउने म्याग्दी जेसिजले जनाएको छ ।
कार्यक्रममा बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले विद्यालयमै आएर विद्यार्थी र शिक्षकको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताए। अठार वर्षदेखि ४० वर्षभित्रका युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसिजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: