Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

१७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआईसीको बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार कुल २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । तर, एनआईसी एसिया एक मात्र यस्तो बैंक हो, जसले चैतका लागि ब्याजदर बढाएको छ । बाँकी दुई बैंकको ब्याजदरचाहिँ स्थिर छ । अर्थात् उनीहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुको ब्याजदर औसतमा ०.५०४२ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७.७५ प्रतिशत विन्दु रहेको २० बैंकहरुको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशत विन्दुमा झरेको छ । 

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५.७४ प्रतिशत विन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ०.२६ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.५४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको जनाएको छ ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।

तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७।५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दुले बढेको छ।

२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड, ओली र लामिछानेबीच तीन घण्टा लामो छलफल, के थियाे एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्र...

काेशीमा अन्याेलः बजेट निर्माण गर्ने कि सरकार ?

विराटनगर । सहज परिस्थिति हुन्थ्यो भने यतिबेला प्रदेशसभामा प्रि–बजेट छलफल सुरु हुनुपर्ने हो । तर, कोशी प्रदेशसभा भने सरकार बनाउने र भत्काउने गृहकार्यमै...

माओवादी सम्बद्ध डेढ दर्जन विभागले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ...

महिला सांसदमाथि यौन भयाे दुर्व्यवहार !

काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन्। ब्रिटनी लाउगाले एक इ...

नम्रतासँग यस्तो छ जीवनको ‘कल कल मुया’

काठमाडौं। गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएकाे छ । शनिबार विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे हाे ।  चितवनका...

जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं र मोरङका दर्इ छुट्टाछुट्टै स्थानबाट प्रहरप्ले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका ९ बस्ने ५३ वर्षीय उत्तम ...

भोजपुरमा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

भोजपुर ।  भोजपुर मा ७ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा षडानन्द नगरपालिका१ खोवाचा बस...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाटअवैध लागूऔषधसहित  सात जना पक्राउ गरेकाेम छ ।  पर्साकाे वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा ...

गायक विजय घिमिरे र जे अथरको नयाँ गीत “किच किच” सार्वजनिक

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies