Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

१७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआईसीको बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार कुल २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । तर, एनआईसी एसिया एक मात्र यस्तो बैंक हो, जसले चैतका लागि ब्याजदर बढाएको छ । बाँकी दुई बैंकको ब्याजदरचाहिँ स्थिर छ । अर्थात् उनीहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुको ब्याजदर औसतमा ०.५०४२ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७.७५ प्रतिशत विन्दु रहेको २० बैंकहरुको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशत विन्दुमा झरेको छ । 

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५.७४ प्रतिशत विन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ०.२६ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.५४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको जनाएको छ ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।

तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७।५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दुले बढेको छ।

२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending