Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गौर घटनाको मानवअधिकार टोलीद्वारा अनुगमन

\"humanrightरौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्था र गत मङ्गलबार प्रहरीको गोली लागि मृत्यु भएका मठिया गाविस–६ का राजकिशोर ठाकुरको सम्बन्धमा स्थलगत अनुसन्धान तथा जाँचबुझ गरेको थियो । टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा अधिकारी, संयुक्त  लोकतान्त्रिक मोर्चाका नेता तथा कार्यकर्ता र मृतक ठाकुरका परिवारसँग पनि भेटघाट गरेको थियो । साथै उक्त टोलीले नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा नागरिक समाजसँग पनि पछिल्ला दिनमा विकसित घटना क्रमका बारेमा छलफल गरेको मानवअधिकारकर्मी विपिन गौतमले बताए । राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीका सदस्य बुद्धिराज सहनीले घटनास्थल, प्रहरी, अस्पताल, नागरिक समाजलाई अनुगमनको दायरामा ल्याई जाँचबुझ भइरहेको बताए । स्थानीय प्रशासनले  सदरमुकाम गौर र गौर चन्द्रनिगाहपुर सडकखण्डलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । तर आन्दोलनरत मोर्चाका संयोजक एवम् तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्तिसहित पाँचबुँदे माग राखेको बताए । मोर्चाको बन्दका कारण १४औँ दिन पनि सदरमुकाम गौरसहित गरुडासम्मका सबै बजार, यातायात, शिक्षण संस्था बन्द अवस्थामा रहेका छन् । प्रदर्शनकारीको उपस्थिति कम भएको र सर्वसाधारणको आवतजावतलाई ध्यानमा राख्दै अन्य दिनभन्दा आज सुरक्षाकर्मीको सङ्ख्यामा केही कमी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending