सिन्धुली । सिन्धुलीमा बैशाख सम्मै बजारमा जुनार पाउने भएको छ । शीतभण्डारमा भण्डारण गरेको जुनार नयाँ सालसँगै दोब्बर बढी मूल्यमा किसानले बजारमा ल्याएका छन् । जुनारले संवत् फेरेर बिक्री भएको यो पहिलो पटक हो । यस अघिका वर्षमा फागुन मसान्त सम्म बिरलै जुनार बजारमा हुन्थ्यो ।
गोलन्जोर गाउँपालिका ४ तीनकन्या आलेगाउँका किसान लोकबहादुर आलेमगरले घरको करेसाबारीमा निर्माण गरेको मिनी शीतभण्डारमा २२ हजार किलो जुनार भण्डारण गरेका थिए । पुस मसान्त छेकबाट भण्डारण गरिएको जुनार दुई महिना पछि बजारमा पुगेको हो ।
किसान आलेमगरका अनुसार सिजनमा ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने जुनार दुई महिना भण्डारण गरेर बजारमा लैजाँदा १२० देखि १४० रुपैयाँमा बिक्री हुने गरेको छ । व्यापारीले १८० देखि २०० सम्ममा उपभोक्तालाई बिक्री गर्दछन् । मिनी शीतभण्डारमा जुनार राख्दा २५ रुपैयाँ खर्च हुन्छ । भण्डारण गरिएको जुनार बजारमा लैजाँदा प्रतिकिलो ६० रुपैयाँसम्म नाफा हुने किसान आलेमगरको भनाइ छ ।
प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाजुनार सुपर जोनको ७० प्रतिशत सहयोगमा निर्माण भएका ६ वटा मिनी शीतभण्डारमा यो वर्ष कृषकले जुनार भण्डार गरेका थिए । मिनी शीतभण्डार निर्माणका लागिजुनार सुपर जोनबाट तीन लाख ५० हजार किसानलाई सहयोग गरिएको छ । किसानकै घरमाकोल्डरुम बनाउन सरकारी सहयोग भएको हो ।
गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका किसान वीरबहादुर थापाले ७ हजार किलो भण्डारण गरेर १० लाखभन्दा बढी आम्दानीलिएका छन् । जाडो महिनामा उत्पादन हुने जुनारलाई चिस्यान घरमा राखेर गर्मी मौसममा बजारमा पठाउन सके राम्रै आम्दानीहुने उनले बताए ।
एउटा मिनी शीतभण्डारमा १६ हजार किलो जुनार भण्डारण गर्न सकिने भएपनि कसानहरू सड्ने डरले थोरै परिमाण राखेको जुनार सुपर जोनको प्रमुख रमेश हुँमागाईंले बताए । जुनार सुपर जोनका अनुसार असोजको दोस्रो साताबाट हरियो जुनार बजारमा आउँछ । जुनारको मुख्य सिजन मंसिर देखि माघ सम्म हो ।
त्यसपछि भण्डारण नगरे जुनार रहँदैन । बजारमा आउन थालेपछि ९ महिनासम्म कारोबार हुनु सुखद पक्ष भएको जोन प्रमुख हुँमागाईंको भनाइ छ । यो वर्ष सिन्धुलीमा ९ हजार ४ सय मेट्रिकटन जुनार उत्पादनभई किसानले ३५ करोड भित्र्याएको उनले जानकारी दिए । ६ हजार मेट्रिकटन जुनार बजारमा आउँदा व्यापारीले समेत १५ करोड मुनाफा गरेका छन् । तीन हजार मेट्रिकटन जुनार कोसेली पात र रोगकिराले नष्ट गर्दछ ।
प्रतिवर्ष २० हजार नयाँ बिरुवा थपिने र आ व ०७२/०७३ मा रोपेको बिरुवाले फल दिन थालेकाले उत्पादन बढेको जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आलेमगरले बताए । जुनारमा ब्याक्टोसेरामिनाक्स नामक औंसा किरालाई प्रोटिन वेट नामक विषादीबाट नियन्त्रण गर्न जुधिरहेका किसानलाई बगैंचा नै सखाप हुने सिट्रस ग्रिनिङ नामक किराले थप चिन्तित तुल्याएको अध्यक्ष आलेमगरले बताए । यसले त बगैंचा नै सुकाउँदो रहेछ, जुनार सुन्तलाको बोटहरू दाउरा बन्दै छन्, यसको नियन्त्रणमा सरकारी निकायको चासो हुनुपर्ने उाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: