सिन्धुली । सिन्धुलीमा बैशाख सम्मै बजारमा जुनार पाउने भएको छ । शीतभण्डारमा भण्डारण गरेको जुनार नयाँ सालसँगै दोब्बर बढी मूल्यमा किसानले बजारमा ल्याएका छन् । जुनारले संवत् फेरेर बिक्री भएको यो पहिलो पटक हो । यस अघिका वर्षमा फागुन मसान्त सम्म बिरलै जुनार बजारमा हुन्थ्यो ।
गोलन्जोर गाउँपालिका ४ तीनकन्या आलेगाउँका किसान लोकबहादुर आलेमगरले घरको करेसाबारीमा निर्माण गरेको मिनी शीतभण्डारमा २२ हजार किलो जुनार भण्डारण गरेका थिए । पुस मसान्त छेकबाट भण्डारण गरिएको जुनार दुई महिना पछि बजारमा पुगेको हो ।
किसान आलेमगरका अनुसार सिजनमा ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने जुनार दुई महिना भण्डारण गरेर बजारमा लैजाँदा १२० देखि १४० रुपैयाँमा बिक्री हुने गरेको छ । व्यापारीले १८० देखि २०० सम्ममा उपभोक्तालाई बिक्री गर्दछन् । मिनी शीतभण्डारमा जुनार राख्दा २५ रुपैयाँ खर्च हुन्छ । भण्डारण गरिएको जुनार बजारमा लैजाँदा प्रतिकिलो ६० रुपैयाँसम्म नाफा हुने किसान आलेमगरको भनाइ छ ।
प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाजुनार सुपर जोनको ७० प्रतिशत सहयोगमा निर्माण भएका ६ वटा मिनी शीतभण्डारमा यो वर्ष कृषकले जुनार भण्डार गरेका थिए । मिनी शीतभण्डार निर्माणका लागिजुनार सुपर जोनबाट तीन लाख ५० हजार किसानलाई सहयोग गरिएको छ । किसानकै घरमाकोल्डरुम बनाउन सरकारी सहयोग भएको हो ।
गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका किसान वीरबहादुर थापाले ७ हजार किलो भण्डारण गरेर १० लाखभन्दा बढी आम्दानीलिएका छन् । जाडो महिनामा उत्पादन हुने जुनारलाई चिस्यान घरमा राखेर गर्मी मौसममा बजारमा पठाउन सके राम्रै आम्दानीहुने उनले बताए ।
एउटा मिनी शीतभण्डारमा १६ हजार किलो जुनार भण्डारण गर्न सकिने भएपनि कसानहरू सड्ने डरले थोरै परिमाण राखेको जुनार सुपर जोनको प्रमुख रमेश हुँमागाईंले बताए । जुनार सुपर जोनका अनुसार असोजको दोस्रो साताबाट हरियो जुनार बजारमा आउँछ । जुनारको मुख्य सिजन मंसिर देखि माघ सम्म हो ।
त्यसपछि भण्डारण नगरे जुनार रहँदैन । बजारमा आउन थालेपछि ९ महिनासम्म कारोबार हुनु सुखद पक्ष भएको जोन प्रमुख हुँमागाईंको भनाइ छ । यो वर्ष सिन्धुलीमा ९ हजार ४ सय मेट्रिकटन जुनार उत्पादनभई किसानले ३५ करोड भित्र्याएको उनले जानकारी दिए । ६ हजार मेट्रिकटन जुनार बजारमा आउँदा व्यापारीले समेत १५ करोड मुनाफा गरेका छन् । तीन हजार मेट्रिकटन जुनार कोसेली पात र रोगकिराले नष्ट गर्दछ ।
प्रतिवर्ष २० हजार नयाँ बिरुवा थपिने र आ व ०७२/०७३ मा रोपेको बिरुवाले फल दिन थालेकाले उत्पादन बढेको जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आलेमगरले बताए । जुनारमा ब्याक्टोसेरामिनाक्स नामक औंसा किरालाई प्रोटिन वेट नामक विषादीबाट नियन्त्रण गर्न जुधिरहेका किसानलाई बगैंचा नै सखाप हुने सिट्रस ग्रिनिङ नामक किराले थप चिन्तित तुल्याएको अध्यक्ष आलेमगरले बताए । यसले त बगैंचा नै सुकाउँदो रहेछ, जुनार सुन्तलाको बोटहरू दाउरा बन्दै छन्, यसको नियन्त्रणमा सरकारी निकायको चासो हुनुपर्ने उाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...



प्रतिकृया लेख्नुहोस्: