Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएकी छन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएकी उनले राम्रो आम्दानी गर्न सफल भएकी छन् । विगतको भन्दा यस वर्ष कफीखेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताईन् ।

“पहाडी क्षेत्रमा कफीखेती राम्रो हुन्छ भन्ने सुनेका थियौँ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भएपछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौँ,” उनले भने । जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवासहित कफीखेती गरेका छन् । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्य आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

“कफीखेती विस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकी पनि यसका बारेमा सोधखोज गर्न थालेका छन्”, उनले भने, “अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौँ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफीखेती गर्ने किसान बढ्दै गएका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । यसको उत्पादनसमेत राम्रो हुँदै गएकाले कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसान बताउँछन् ।

जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसान कफीखेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । “जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफीखेती गर्दै आएको तथ्याङ्क छ”, उनले भने, “यहाँ प्रतिहेक्टर शून्य दशमलव आठ मेट्रिकटन कफी उत्पादन हुने गरेको छ ।”

कफीखेती प्रवद्र्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिए ।

“स्थानीय तहसँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ”, उनले भने, “पहाडी गाउँमा कफीखेतीतर्फ किसानको आकर्षण बढ्दो छ ।” नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफीखेती हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ मेट्रिकटन रहेको सरकारी तथ्याङ्क रहेको छ । सोही आर्थिक वर्षमा नेपालले  १३ करोड चार लाख ४१ हजार मूल्य बराबरको ७७ मेट्रिकटन कफी निर्यात गर्दा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको चार सय ५० मेट्रिकटन कफी आयात गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending