Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपालमै पहिलो पटक महिला कबड्डी प्रतियोगिता हुने

खबरडबली संवाददाता

भक्तपुर। भक्तपुरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता हुने भएको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २९, ३० र चैत्र १,२,३ गतेसम्म गर्न लागेको जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले शहीद दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जनाए ।

प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने योजना अनुसार यो वर्ष कबड्डी प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए ।

त्यसका लागि आफनै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको उनले जनाए । प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको जनाइयो । 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु। १ लाख, तेस्रो र चौथोलाई रु. ५०/५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको सम्मेलनमा जनाइयो । साथै सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्ने जनाइयो ।

फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन रयाली भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट गराउने कार्यक्रम तय गराइएको छ । 

नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending