Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यसकारण अल्झिएको छ असन्तुष्ट पक्षसँग वार्ता

\"BICC-Nepal\"काठमाडाैं । कैलालीमा ७ भदौमा एसएसपीसहितका ८ को मृत्यु भएपछि राजनीतिक रुपले थारु समुदायको माग सम्बोधन गर्न प्रमुख चार दल तयार भएपनि कस्तो विकल्पबाट समस्या समाधान गर्ने भन्नेमा अझै एकमत हुन सकेका छैनन् । थारुहरुको मागलाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने एमाओवादीको प्रस्ताव अनुसार नै समस्या समाधान गर्ने प्रयास स्वरुप प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट थारुसहितका मधेसी दलहरुलाई वार्ताको लागि औपचारिक पत्र पठाइसकेका छन् । तर, ७ प्रदेशमा गरिएको सीमाकंनलाई यथावत राखेर वार्ता गर्ने की त्यसलाई भत्काउन पनि पनि तयार हुने भन्ने जस्ता विषयमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिका शीर्ष नेताबीच सहमति हुन नसकेको हो । संविधान निर्माण प्रक्रिया नरोकिकनै असन्तुष्टसँग वार्ता गर्ने तयारी गरे पनि कुन हदसम्म लचक हुनेबारेमा दलबीच कुरा मिल्न सकेको छैन । कोइराला, ओली र प्रचण्ड र गच्छदारको चासो कस्तो ? प्रधानमन्त्री सुशील कोइराला कैलालीको टीकापुर घटनापछि अब थारुहरुको र मधेसीको मागलाई सम्बोधन गरेर नियमित प्रक्रिया अनुसार नै संविधान निर्माण गर्नुपर्ने पक्षमा छन् । यसै आशयले उनले असन्तुष्ट सबै दललाई वार्ताको लागि औपचारिक पत्रसमेत लेखिसकेका छन् । तर, वार्ताका लागि पत्र पठाए पनि कुन कुन विकल्पमा छलफल गर्ने, सात प्रदेश तोडेर थाहरुहरुको माग कसरी सम्बोधन गर्ने भन्नेमा विषयमा कोइरालाले बिहीबार भएको बैठकमा एमाले र एमाओवादीका शीर्ष नेतासँग धारणा मागेका थिए । कोइरालाले यसअघि मस्यौदा तयार गर्दा ८ प्रदेशकै विकल्पमा जान सकिने आशयसहित विकल्प मागे पनि एमाले अध्यक्ष केपी ओलीले सात प्रदेशका सीमाकंन फेरि भत्काउन खोजिए समय मात्रै खेर जाने र सहमतिनै नहुने बताएपछि कुरा अड्किएको स्रोत बताउँछ । बल्ल जुटेको सात प्रदेशमा फेरि चलाए समस्या झन् बल्झने भन्दै ओलीले टुुक्रिएको जिल्लालाई भने सात प्रदेशमा मिलाउन सकिने बताएका थिए । पश्चिमका कैलाली कंचनपुरका थारुलाई अधिकार दिन तयार भए पनि ओलीको चासो पूर्वका झापा, मोरङ र सुनसरीमा छ । आफूहरुलाई साथ दिंदै आएका फोरम लोकतान्त्रिकका नेता गच्छदारले यी जिल्लालाई सप्तरीतिरको मधेस प्रदेशमा जोडुनुपर्ने माग गर्दै आएकोले ओली त्यसमा भने सहमति जनाउन नसक्ने पक्षमा छन् । ओलीको यो चाहनालाई कांग्रेसका कृष्ण सिटौलाले पनि उत्तिकै साथ दिएका छन् । चार दलको बैठकमा एमाओवादी  अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि थारुहरुको जाजय मागलाई सम्बोधन गरेर जानुको विकल्प नभएको बताएका थिए । प्रचण्डले गच्छदार महत्वपूर्ण सहयोगी र सहयात्री रहेको भन्दै उनको समेत चित्त बुझाएर प्रदेशको विषयमा हेरफेर गर्न तयार हुनुपर्ने बताएका थिए । गच्छदारले साथ छोडे संविधान निर्माण नै अलपत्र पर्न सक्नेभन्दै प्रचण्डले व्यवहारिक रुपमा असन्तुष्टसँग विभिन्न चरणमा वार्ता गरेर निचोडमा पुग्नुुपर्ने सुझाएका थिए । गच्छदारले फेरि पनि सीमांकन नचलाउने, थाहरुका थुनिएका नेतालाई नछोड्ने हो भने वार्ताको आधार नै नबन्ने भन्दै जिम्मेवार बन्न तीन दलका नेतालाई सुझाएका थिए । विधेयक बनी अघि बढे पनि संसोधनमार्फत सीमा टुंग्याउन तयार नभए उनले संविधानसभाबाट बाहिरिने चेतावनी दिएका थिए । दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुरसहित थारु बाहुल्य जिल्लालाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै तीन हप्तादेखि कैलालीसहितका जिल्लामा प्रदर्शन भइरहेको छ । ७ गतेको घटनापछि आफ्ना कार्यकर्तालाई धरपकड गरिएको भन्दै उनीहरुले वार्तामा बस्नुपूर्व उनीहरुलाई रिहा गर्नुपर्ने शर्त राखिरहेका छन् । अहिले मधेस चुप लागे पनि मधेसकै नेताहरुले थारुहरुको आन्दोलनलाई सहयोग गरिरहेकोले उनीहरु ‘सिन’मा छैनन् । तर, सहयोग गरिररहेका छन् । कैलालीको जस्तै असन्तोष र आक्रोश अन्य थारु बहुल क्षेत्रमा पनि हुँदै जाँदा मधेसी समुदाय बहुल क्षेत्रमा पनि बिस्तारै आन्दोलन उठ्नेमा मधेसकेन्द्रित नेताहरु विश्वस्त देखिन्छन् । कांग्रेस–एमाले खटपट पछिल्लो समय मुख्य कारण नभए पनि विभिन्न विश्वविद्यालयका उपकुलपतिको नियुक्तिमा कांग्रेसले एकलौटी गरेको भन्दै एमाले असन्तुष्ट रहेको छ । संविधान निर्माणको कारण देखाएर अझै केही महिना सरकार लम्ब्याउने रणनीति सुशील कोइरालाको रहेको बुझाईमा रहेको एमालेले सोहीकारण नियुक्तिसहितका विषयमा कांग्रेससँग छलफल गर्न वार्ता टोली नै बनाएको छ । संविधान निर्माणमा केयौं मुद्दामा सँगै रहे पनि यी सहयात्री दलबीचका यस्ता खटपटले समान धारणा बनाएर जान समस्या पैदा हुने गरेको छ । पश्चिममा देउवा र भीम रावलको चासो थाहरुलाई विशेष क्षेत्र आवश्यक परे स्वायत्त क्षेत्र बनाउन तयार भए नि कांग्रेस नेता, शेरबहादुर देउवा र एमाले नेता भीम रावल छुट्टै थारु प्रदेश दिनै नहुने पक्षमा छन् । थारुहरु बहुल भएको कैलालीको केही क्षेत्रलाई टुक्राउनसमेत उनीहरुले नदिएपछि थप समस्या भएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । राष्ट्रपतिको चासो राष्ट्रपति ‘देखिने’ राजनीतिमा छैनन् । तर, कहिले दलका नेता त कहिले मधेसी दलका नेतालाई बोलाएर उनले सबैको चित्त बुझेपछि मात्र संविधान जारी गर्नुपर्ने दबाब दिइरहेका छन् । बिहीबार मात्र प्रधानमन्त्री सुशील कोइरालालाई शीतलनिवासमै बोलाएर राष्ट्रपति ‘सबैको चित्त बुझाएर मात्र संविधान जारी गर्नु’ भन्ने सुझाएर दबाब दिएका छन् । राष्ट्रपति मधेसकेन्द्रित दलहरुसँग पनि नियमित छलफल र सम्पर्कमा भएको बुझिएको छ । राष्ट्रपतिकै छोरा चन्द्रमोहन भूकम्पपछि बाबुसँगै शीतलनिवासमा बस्दै आएका छन् । भारतको चासो नेपालका असन्तुष्ट दलहरुलाई निरन्तर भेटेर भारतले पनि संविधान निर्माणमा आफ्नो उपस्थिति देखाउने प्रयत्नमा छ । भारतीय  दुतावासमा केही समयअघि मधेस केन्द्रित दलका नेता मस्यौदामा आफूहरुको असन्तुष्टी रहेको गुनासोसहित पुगेका थिए । त्यसयता भारतीय पक्षले आफ्ना सुत्रमार्फत सबैलाई समेटेर मात्र संविधान निर्माणका लागि दबाब दिइरहेको छ । भारतले संविधान निर्माणमा सबैले देखिनेगरी भूमिका चाहिरहेको राजनीतिक दलका नेताहरु बताउँछन् । अहिले दलहरुले गरिरहेको प्रयत्नमा भारत देखिदैँन । यहि भएर पनि भारत यतिबेलै संविधान जारी गर्न नदिने पक्षमा उभिएको छ । नेपालको सानातिनो मामिलामा समेत हस्तक्षेप गर्दै आइरहेको भारत नेपालमा अस्थिरता फैलाउने र केही समयपछि आफैले पहल लिएर संविधान निर्माण गर्ने पक्षमा देखिन्छ । यो कुरा शिर्ष नेताहरु आफ्ना नजिककाहरुसँग बताउँछन् तर औपचारिक रुपमा बोल्न तयार छैनन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending