Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेको छन् । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयोताए । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भने, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।”

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए। लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकारले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए । 

अर्को प्रसङ्गमा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे।

“सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ”, राजदूत थम्प्सनले भने, “त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।”

थम्प्सनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे। भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाए ।

आजको भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राखेको छन् । त्यसको जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धताका लागि थम्प्सनलाई धन्यवाद ज्ञापन गरे । एमसिसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न  नेपाल सरकार प्रतिबद्ध रहेको पनि मन्त्री पुनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता: भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending