नेपालगन्ज । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।
मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले ललाइफकाइ भारत लैजान थालिएकी एक १८ वर्षीया युवतीको उद्धार गरेर तीन जना दलाललाई नियन्त्रणमा लिन सफल भएको छ ।
नेपाली र भारतीय दलालको एउटा समूहले ललाइफकाइ गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया एक युवतीको उद्धार गरेको हो ।
बाँकेको डुडुवा गाउँपालिका–१ खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको नेतृत्वमा गएको मोबाइल चेकपोष्ट र पिआरसीको संयुक्त टोलीले ती युवतीलाई उद्धार गर्नुका साथै भारत लैजाने कार्यमा संलग्न तीन जना दलाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरूले मोटरसाइकलमा हालेर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा युवतीको उद्धार गरिएको हो ।
उद्धार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नहरूलाई थप कानुनी कारबाही गर्न प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताए ।
उनले मानवबेचबिखन जस्ता आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी चनाखो रहेको जनाउँदै यस्ता गतिविधि सिमानामा कुनै पनि हालतमा हुन नदिन प्रहरीले निगरानी बढाउँदै लगेको बताए ।
यहाँस्थित नेपाल भारत मुख्य नाका जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले मानवबेचबिखन विरुद्ध कडाइ गर्नुका साथै निगरानी बढाउँदै गएपछि साइड नाकाहरूबाट युवतीलाई भारत छिराउने गरिएको सूचना आइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...
जेष्ठ १ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...
जेष्ठ १ गते, २०८३ - १९:२३
ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
जेष्ठ १ गते, २०८३ - १९:२२
काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...



प्रतिकृया लेख्नुहोस्: