काठमाडौं । १४४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गल्र्स इम्पावर्ड बाइ ट्राभल, नेपाल (गेट नेपाल) ले ‘ट्राभ–येलर २०२४’ को आयोजना गर्दैछ । गेट नेपालले हरेक वर्ष महिलाहरुको नेतृत्वदायी क्षमता, महिला यात्रीहरुको यात्रा र संघर्षका कथाहरु तथा समुदायमा युवाहरुको योगदानका विषयमा केन्द्रित रहेर ‘ट्राभ–येलर’ कार्यक्रम आयोजना गर्दै आएको छ ।
महिला सशक्तिकरणका विभिन्न मुद्दामा केन्द्रित रहेर आयोजना हुने ‘ट्राभ–येलर’को यो सातौं संस्करण हो । यस संस्करणमा नाटक, चलचित्र प्रदर्शनी, महिला उद्यमी प्रदर्शनी तथा अन्य कलात्मक प्रदर्शनीका माध्यमबाट महिलाहरुले आफ्ना यात्राका उतारचढावका प्रेरणादायी कथाहरु भन्नेछन् ।
गेट नेपालले कार्यक्रममार्फत् कोष संकलन पनि गर्दै आएको छ । यसवर्ष संकलन भएको सबै रकम हितैषी परियोजनालाई सहयोग गर्ने गेट नेपालले बताएको छ । कार्यक्रम फागुन २६ गते शनिबार माइतघरस्थित सेन्ट जेभियर्स कलेजमा हुँदैछ ।
कार्यक्रममा राष्ट्रिय महिला डाउनहिल च्याम्पियन उषा खनाल, फिल्म निर्देशक रजिला श्रेष्ठ, मिस ग्रान्ड नेपाल २०२२ ऐश्वर्य श्रेष्ठ, बेस्ट प्रिन्सिपल अवार्ड विजेता डा. भुवनेश्वरी राव तथा मिस नेपाल इन्टरनेशनल सीता सुवेदीलगायतको आतिथ्यता रहनेछ । यसैगरी, तिब्बतकी पूर्व राष्ट्रिय महिला खेलाडी लाक्पा भुटी लामा, महिला यात्री श्रद्धा केसी, महिला ट्रेक गाइड लिडर सुमित्रा आचार्य र महिला यात्री दिव्या ढकाललगायतको पनि सहभागिता रहनेछ ।
सन् २०१७ बाट सुरु भएको गेट नेपालले महिलाहरुलाई सुरक्षित रुपमा यात्रा गर्न सहजीकरण गर्नुका साथै सामुदायीक कार्यहरुमा पनि महिलाहरुलाई अग्रसर गराउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...
जेष्ठ १ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...
जेष्ठ १ गते, २०८३ - १९:२३
ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
जेष्ठ १ गते, २०८३ - १९:२२
काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...



प्रतिकृया लेख्नुहोस्: