Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

डिफ्यूजन नोटिस जारी भएका जीबी राई कहाँ छन् ?

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई यतिबेला सम्पर्कबाहीर रहेका छन् । सहकारीमा बचतकर्ताले बचत गरेकाे १ अर्ब ११ करोड १ लाख रुपैयाँ हिनामपना पश्चात उनीप्प् सम्पर्क बाशीर रहेका हुन् ।

यतिबेला उनलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ । उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो ।

त्यसआधारमा राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ। राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो । इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी भएको छ । डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भए नभएको सूचना प्रदान गर्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकालले बताए । 

उनी हालै मलेसियामा लोकेट भएको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंंलाई पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ । त्यसपछि उनलाई डिपोर्ट गरेर ल्याउने प्रक्रिया स्वरुप डिफ्यूजन नोटिसलाई रेड नोटिसमा बदलिएको स्रोतकाे भनाइ छ ।स्राेतका अनुसार  हालै राईको कसूरका विवरणसहितको पत्र समेत प्रहरीले मलेसिया पठाइसकेको छ । यद्यपि, हालसम्म राई पक्राउ परिनसकेको प्रहरीले बताएकाे छ । राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली शेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रुपमा ऋण प्रवाह गरेको भन्दै पुरक जाहेरी परेको थियो । जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको छ ।

पीडितहरुले सवा अर्ब रुपैयाँ हिनामिना हुँदा व्यक्ति र कम्पनी गरेर ३ सय जना बढीले पैसा लगेको देखिएको भन्दै उनीहरु सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका थिए । पुरक जाहेरी परेपछि कास्की प्रहरीले काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेको थियो । त्यसबाट प्राप्त सूचनाका आधारमा प्रहरीले पुरक अनुसन्धान अघि बढाइरहेको थियो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट देखिएको थियो ।  हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् । राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

राईले काठमाडौंमा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा बचत गरेको रकम पनि हिनामिना गरेको आरोप रहेकेा छ । यस विषयमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending