Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

डिफ्यूजन नोटिस जारी भएका जीबी राई कहाँ छन् ?

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई यतिबेला सम्पर्कबाहीर रहेका छन् । सहकारीमा बचतकर्ताले बचत गरेकाे १ अर्ब ११ करोड १ लाख रुपैयाँ हिनामपना पश्चात उनीप्प् सम्पर्क बाशीर रहेका हुन् ।

यतिबेला उनलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ । उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो ।

त्यसआधारमा राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ। राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो । इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी भएको छ । डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भए नभएको सूचना प्रदान गर्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकालले बताए । 

उनी हालै मलेसियामा लोकेट भएको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंंलाई पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ । त्यसपछि उनलाई डिपोर्ट गरेर ल्याउने प्रक्रिया स्वरुप डिफ्यूजन नोटिसलाई रेड नोटिसमा बदलिएको स्रोतकाे भनाइ छ ।स्राेतका अनुसार  हालै राईको कसूरका विवरणसहितको पत्र समेत प्रहरीले मलेसिया पठाइसकेको छ । यद्यपि, हालसम्म राई पक्राउ परिनसकेको प्रहरीले बताएकाे छ । राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली शेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रुपमा ऋण प्रवाह गरेको भन्दै पुरक जाहेरी परेको थियो । जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको छ ।

पीडितहरुले सवा अर्ब रुपैयाँ हिनामिना हुँदा व्यक्ति र कम्पनी गरेर ३ सय जना बढीले पैसा लगेको देखिएको भन्दै उनीहरु सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका थिए । पुरक जाहेरी परेपछि कास्की प्रहरीले काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेको थियो । त्यसबाट प्राप्त सूचनाका आधारमा प्रहरीले पुरक अनुसन्धान अघि बढाइरहेको थियो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट देखिएको थियो ।  हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् । राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

राईले काठमाडौंमा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा बचत गरेको रकम पनि हिनामिना गरेको आरोप रहेकेा छ । यस विषयमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending