काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुबेको र चोट लागेको उनको टिप्पणी छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस सांसद रमेश लेखकले भन्दा पछि बोलेका थिए । उनले ‘कति गहिरो पीडा र घाउ लागेको रहेछ भन्ने अभिव्यक्ति लेखकबाट आएको’ बताए । “घाउमा मलमपट्टी गर्नका लागि राम्रा डाक्टर साथमा लिएर सहकार्य गर्न प्रमलाई आग्रह गर्दछु र त्यो अभियानमा हाम्रो साथ चाहिए एमालेकाे पनि याद गर्नुहोला,” उनले भने, “उहाँ (रमेश लेखक)ले यो तहको पीडा र छटपटी यो तहको आक्रोश र बेचैनी प्रहार गर्नुपर्ने थिएन ।”
नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको उनले उल्लेख गरे । कुनै दलहरूका बीचमा सरकार निर्माण र सञ्चालनको कार्य सामान्य भएको उनले बताए । “कि त गठबन्धन बनाउन पाइन्छ केवल नेपाली कांग्रेससँग मात्र गठबन्धन गर्नुपर्छ भन्ने लेख्नुपर्दथ्यो । यो परिवर्तनलाई एउटा ओठे अभिव्यक्ति हैन, साधारण र स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्छ । त्यही रूपमा ग्रहण गर्नुपर्छ,” उनले भने ।
पौडेलले ‘एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति होला रु’ भन्दै कटाक्ष गरे । “३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला ?,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: