Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

सहकारी संकटः कोशीका सहकारीमा जिबि राईको कनेक्सन !

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय सहकारीका संचालक समिति अध्यक्ष केदारनाथ शर्मा र सुनसरी इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर जिबि राईबाट दिक्षित रहेको स्रोतले दाबी गरेको छ ।

जिबि राई सहकारीका बचतकर्ताको रकम ठगी गर्ने सबैभन्दा ठूलो गिरोहका नाइके हुन् । प्रहरीले उनको खोजी गर्न इन्टरपोलमा सूचना जारी गरिसकेको छ । कोशी प्रदेशमा पनि उनको कनेक्सनबारे अध्ययन भइरहेको छ ।

कोशी प्रदेशमा सबैभन्दा धेरै बचतकर्ताको रकम ठगी गर्नेमध्येका हुन् केदारनाथ शर्मा । शर्मा अहिले प्रहरी खोरमा छन् । तर, उनले ठगी गरेको रकम फिर्ता पाउने आशामा बसेका बचतकर्ता निरिह छन् । शर्माले ५ हजार बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको बताइन्छ । उक्त रकम कहिले फिर्ता हुन्छ बचतकर्ता अन्यौलमा छन् ।

सुनसरीको इटहरीको अम्बे सहकारीका अध्यक्ष फणिन्द्र मगर पनि उनै जिबि राईको विश्वासपात्र रहेको कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय स्रोत नै बताउँछ । उक्त सहकारीले बचतकर्ताको ६१ करोड डुबाएको छ । यस्तै १६ करोड रुपैयाँ डुबाउने रारा बचत तथा ऋण सहकारी संस्था पनि उनै जिबिबाट दिक्षितहरुले डुबाएको सो कार्यालय दाबी गर्छ । जिबि राई उदयपुरका स्थानीय हुन् । उदयपुरकै भएको कारण त्यहाँका प्राय संस्थाहरु पनि जिबिकै तरिका फलो गर्ने हुँदा संकटोन्मुख देखिएको कार्यालय बताउँछ ।

‘उदयपुरको कुनै पनि संस्था राम्रो छैन । धरानमा पनि त्यही समस्या हो । युवा स्वरोजगार कोषको पैसा लगेका उदयपुरका सबै संस्थाले डुबाएको मात्रै रेकर्ड भेटिन्छ,’ उक्त स्रोतले भन्यो ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको पालामा युवा स्वरोजगार कोष निर्माण भएको थियो । सो कोषको पैसा धेरैजसो उदयपुरका सहकारी संस्थाहरुले लगेका थिए । ‘त्यहाँ धेरैजसो सहकारी संस्थाका हर्ताकर्ताहरु नै ठगजस्तो लाग्छ । त्यहाँको अवस्था एकदमै अप्ठ्यारो छ । अहिले रजिष्ट्रार कार्यालयमा पनि दुईवटा निवेदन परेका छन् । त्यसमा जोडिएका मानिसहरु पनि सहकारीका अभियानकर्ता नै छन्,’ स्रोतले भन्यो ।

सहकारीहरु सुदखोर जस्ता भएको सहकारी रजिष्टार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्री बताउँछन् । ‘सहकारीमा सुदखोरहरुको पैसा राख्न दिनुहुँदैन । अहिलेसम्म सहकारीवालाले पनि सुदखोरको पैसा राखिदिए, कालोधन लुकाउन सहकारी माध्याम भए । कस्तो पैसा राख्ने कस्तो नराख्ने उनीहरुले थाहा नै पाएनन्,’ खत्रीले भने, ‘आज सहकारीमा संकट किन आयो भन्ने कुरा सहकारीकै सदस्यहरूलाई थाहा छैन । संस्थामा नीति बनाउने, विधि, बजेट र कार्यक्रम बनाउने कुरामा सदस्यहरुको भूमिका नै कमजोर भयो ।’

संकटमा परेका सहकारीहरुमा जिबि राईको कनेक्सन भने नभेटिएको भएपनि उनको कनेक्सन हुनसक्ने उनी पनि स्वीकार गर्छन् । ‘जिबी राईको कनेक्सन हुनसक्छ । हामी खोजी गरिरहेका छौं,’ उनले भने ।

खत्रीले सहकारीको आत्मा नै मरिसकेको दाबी पनि गरे । ‘अब त सहकारी प्यारालाइज भयो । साधरणसभामा विषय प्रवेश नै हुँदैन । भव्य उद्घाटन ग¥यो भाषण गरेर साधरणसभा सकिन्छ । दुई तीन सय भत्ता लिन शेयर सदस्यहरु लोभिन्छन् तर, लाख डुबेको विचार नै गर्दैनन्,’ खत्रीले भने, ‘सहकारीको आत्मा छँदैछैन् । सहकारीको आत्मा भएको भए यस्तो समस्या नै हुँदैनथ्यो । सहकारीको आत्मा मर्नुको कारण कानुन निर्माणदेखि नै छ ।’

उनले पछिल्लो सहकारी ऐन बनाउँदा परेका २७८ वटा संशोधन हुनु नै विचौलियाको प्रभाव भएको दाबी गरे । ‘नेपालको कानून निर्माणको इतिहासमा सबैभन्दा बढी २७८ वटा संशोधन सहकारी ऐनमै किन परे ? त्यहाँ इच्छाराज तामाङहरु थिए । सबै स्वार्थ समूह रहेका मानिसहरु संसदमा प्रवेश गरेपछि बचतकर्ताको बचत नडुबेर के डुब्छ ? ०४८ सालको सहकारी ऐनमा सहकारीलाई स्वायत्त बनाइयो । तर, स्वायत्त सदस्यहरु नभएर संचालक समितिका सीमित मानिसहरु मात्रै भयो,’ खत्रीले भने ।

उनले सहकारीभित्र गैर सहकारी मानिसहरूको प्रवेशले पनि समस्या आएको दाबी गरे । अहिले आएर अब सहकारी किन चाहियो भन्ने प्रश्न उठ्न थालेको उनको भनाइ छ । ‘यसलाई कसरी सपार्ने भन्नेतिर कसैले सोचेको छैन । अब राष्ट्र बैंकलाई हेर्न दिने हो भने सहकारी किन चाहियो रु बैंक छँदैछन् नि !,’ उनले भने । हाम्राेमतबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending