काठमाडाैं । नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घको बैतडी–दार्चुला शाखाको २०५९ सालमा संस्थापक सदस्य भएर थापाले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्त्वपूर्ण योगदान रहेको पाण्डेयको भनाइ छ ।
भारतीय सेनाबाट सेवा निवृत्त भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा लागेका थिए । उनी भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा रिपोर्टिङ गर्दथे ।
२०४८ सालको निर्वाचनपछि थापा बैतडी जिल्लाको तत्कालीन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएक थिए । पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधवार साँझ आफ्नै निवासमा निधन भएको हो ।
यसैगरी वीरगन्जका पत्रकार नेहाल खानको पनि भएको छ । नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो।
गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। झण्डै दुई दशकभन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका ५२ वर्षीय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन् । कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए । तर, त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।
करिब १० महिनापहिले फेरि छाती र फोक्सोको समस्या बल्झिएपछि नारायणी अस्पतालमा उनि भर्ना भएका थिए । नारायणी अस्पतालमा करिब दुई महिनाकाे उपचारपछि उनी घरमै चिकित्सककाे रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए। खानकी पत्नि अजमा खातुनपनि क्यान्सर राेगबाट ग्रसित भई उपचाररत छिन् । भरतपुर क्यान्सर अस्पतालमा उनकाे पनि करिब ६ महिनादेखि उपचार चलिरहेकाे छ । खानका दुई छाेरी र दुई छाेरा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: