Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

बैतडी अग्रज पत्रकार थापा र वीरगन्जका पत्रकार खानको निधन

खबरडबली संवाददाता

काठमाडाैं   । नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो । 

नेपाल पत्रकार महासङ्घको बैतडी–दार्चुला शाखाको २०५९ सालमा संस्थापक सदस्य भएर थापाले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्त्वपूर्ण योगदान रहेको पाण्डेयको भनाइ छ ।

भारतीय सेनाबाट सेवा निवृत्त भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा लागेका थिए  । उनी भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा रिपोर्टिङ गर्दथे । 

२०४८ सालको निर्वाचनपछि थापा बैतडी जिल्लाको तत्कालीन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएक थिए  । पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधवार साँझ आफ्नै निवासमा निधन भएको हो । 

यसैगरी वीरगन्जका पत्रकार नेहाल खानको पनि भएको छ । नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो।

गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। झण्डै दुई दशकभन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका ५२ वर्षीय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन् । कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए । तर, त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।

करिब १० महिनापहिले फेरि छाती र फोक्सोको समस्या बल्झिएपछि नारायणी अस्पतालमा उनि भर्ना भएका थिए । नारायणी अस्पतालमा करिब दुई महिनाकाे उपचारपछि उनी घरमै चिकित्सककाे रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए। खानकी पत्नि अजमा खातुनपनि क्यान्सर राेगबाट ग्रसित भई उपचाररत छिन् । भरतपुर क्यान्सर अस्पतालमा उनकाे पनि करिब ६ महिनादेखि उपचार चलिरहेकाे छ । खानका दुई छाेरी र दुई छाेरा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending