Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

कुडुँले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो

खबरडबली संवाददाता

बागलुङ । बागलुङको  स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो । 

 दुई वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी विसं २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलापमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ ।  

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बागलुङ–५ का पूर्वजनप्रतिनिधि शिव सापकोटाले बताए । तीन पटकसम्म सम्झौता मिति थपिएको उनको भनाइ छ ।

अलपत्र परेको सडक कालोपत्र गर्न थालेपछि यहाँका स्थानीय खुसी भएका सापकोटाले बताए । पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्न थालेपछि स्थानीय आक्रोशित भएकामा अहिले कामले निरन्तरता पाएसँगै खुसी भएका छन् ।

सडक कालोपत्र भएपछि पञ्चकोट जाने तीर्थालुलाईसमेत सहज हुने स्थानीय बताउँछन् । चार वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए । 

उनका निर्माण व्यवसायीलाई पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएलगत्तै स्तरोन्नतिले लिएको हो । 

“गत पुस ३ गतेको सहमति लगत्तै कामले गति लिएको छ । यसअघि उक्त सडकको पाङ्ग्रेखोलामा एक सय मिटर सडक ढलान गरिएको थियो । ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ”, घिमिरेले भने, “सम्झौताअनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।”

तीन पटकसम्म म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेसँगै एक वर्षपछि काममा फर्केको थियो । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रूपैयाँ लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको उनले बताए ।  

करिब ७६ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकाले चैत मसान्तभित्रै काम सकिने निर्माण कम्पनीका स्थलगत प्रमुख रवीन चापागाईंले बताए । कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि बजेट विनयोजन भएको थियो ।

प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गर्न थालिएको बताइएको छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने

  काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर...

उद्योगमैत्री बजेटको माग गर्दै अर्थमन्त्रीसमक्ष निजी क्षेत्र

  काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग विस्तार, लगानी वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ल्याउन सरकार...

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफि...

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending