Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

मूख्य दलका शिर्षनेता काेटेश्वर धाउँदै, शक्तिकेन्द्रमा रुपान्तरण भयो नेपाल निवास

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवास शक्ति केन्द्रको रुपमा रुपान्तरण भएको छ । प्रतिनिधिसभामा १० सिटको बल बोकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पछिल्लो समय शक्ति केन्द्रको रुपमा परिणत भएको हो । 

नेपाललाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवाादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । देउवा बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका हुन् । कांग्रेस स्रोतका अनुसार भर्खरै सत्ताबाट गलहत्याइएका देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओली–प्रचण्ड  नेतृत्वको सत्ता गठबन्धनलाई असहयोग गर्नका लागि फकाउन बिहानबिहानै उनको घर पुगेका हुन्।

तर, नेपाललाई ओली–प्रचण्डले गरेको प्रस्ताव स्वीकार गरीसकेको स्रोतले दाबी गरेको छ। सत्ता गठबन्धनमा मिसिन अन्तिम निर्णयका लागि नेकपा समाजवादीको बैठक अहिले केहीबेरमा बस्दै छ भने त्योभन्दा अघि नै पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

देउवासहितको गठबन्धनमा सोमबार गएको पहिरोले अचानक कांग्रेसलाई विपक्षी कित्तामा हुर्‍याइदिएको छ भने नेकपा एमाले सत्ता पक्षीय बनिसकेको छ। सत्ता गठबन्धनका सर्तहरुबारे छलफल गर्न नेता खनाल भने प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई औपचारिक रुपमा सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए । ओली र दाहालको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।

बैठकका क्रममा एकीकृत समाजवादी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको ओलीसँग नेपाल निवास पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।  यद्यपि नेपालले नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट टुंगो गर्ने बताएको जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending