बागलुङ । बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो ।
अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो । व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेय पदार्थ जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । “जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेय पदार्थ भेटिए, हामीले स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएका छौँ”, बरालले भने, “उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखियो ।” कोकाकोला कम्पनीका कोक, फेन्टा, स्प्राइट सबैभन्दा धेरै म्याद गुज्रेका भेटिएका थिए । अघिल्लो गर्मीयाममा राखेका पेय पदार्थको म्याद गुज्रेको व्यवसायीले ख्याल नगरेको पाइएको हो ।
“पटक–पटकभन्दा पनि कम्पनी र डिलर फिर्ता लिन आउँदैनन्, बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जान्छन्, बिक्री हुन्न अनि म्याद गुज्रिन्छ”, नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भने, “ठूला व्यवसायीका कारण मर्का पर्ने गरेको छ ।” केही पसलहरुले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । “हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौँ”, उनले भने, “तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइयो, यो निकै डरलाग्दो स्थिति हो ।” पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।
अनुगमनका क्रममा भेटिएका सामग्रीमध्ये पीठो, फुरन्दाना, दालमोठ, बिस्कुट, चक्लेट, महलगायत खाद्य सामग्री पनि जफत गरिएको थियो । जफत गरिएका सामग्री व्यवसायी र स्थानीयकै रोहवरमा नष्ट गरिएको थियो । सोमबार बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए ।
प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । प्रशासनका प्रतिनिधि प्रहरी पनि भएकाले वडाका जनप्रतिनिधि र प्रहरीले जुनसुकै बेला अनुगमन गर्नसक्ने बरालले बताउनभयो । बलेवाका बजारमा रङ मिसिएका मिठाई तथा अन्य खाद्यपदार्थलाई पनि कठाइका साथ हेरिएको थियो । जेरी, झिनिया, केक र मिठाइमा आखाद्य रङ मिसिएको भेटिएपछि तत्काल जफत गरेर नष्ट गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: