Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँचजना बाराबाट पक्राउ

खबरडबली संवाददाता

बारा  । बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ । 

प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो । 

प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो  । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्‍याे । त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएको समेत बताएको छ । 

पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending