Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

साख जोगाउने सङ्घर्षमा धनकुटाकाे नाम्जे गाउँ

खबरडबली संवाददाता

धनकुटा ।  अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।

जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचिमा राखेको थियो ।

सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आग्र्यानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो ।
तर समय क्रमसँगै भएका विकास र परिवर्तनका कारण आठ सूचकहरू यथावत रहेपनि आग्र्यानिक नाम्जे गाउँ भने क्रमशः सहरमा परिणत भएपछि नाम्जेलाई आफ्नो सूचक जोगाउने स¬ङ्कट आइपरेको छ ।

विश्वको गन्तव्य सूचीमा परेको चर्चाका कारण यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा एकाएक वद्धि भएर व्यापारिक चहलपहल बढेपछि नाम्जेगाउँ सहरोन्मुख भएको स्थानीय गोविन्दबहादुर मगरले जानकारी दिए । “सुरुमा दुई–चारजनाले होटल खोेल्दा खुब चले”, उनले भने, “त्यसपछि प्रतिस्पर्धा सुरु भएर नाम्जेगाउँको सडक क्षेत्रमा पक्की होटलको सङ्ख्या बढेर गयो ।” 

उक्त समयमा कङ्क्रिटका होटल बनाउने कुरामा बृहत् बहस भए पनि निजी स्वामित्वमाथि कसैले हस्तक्षेप गर्न नमिलेको कारण नाम्जेको सडक क्षेत्र सहरमा परिणत भएको मगरले जानकारी दिए । पर्यटकको बाक्लो आवागमन र व्यापारिक चहलपहलका कारण बैंकले पनि नाम्जेमा तीव्र लगानी गरेका कारण नाम्जेमा क्रमश होटलका लागि ढलान घर बन्न सुरु भएको ५१ वर्षीय मगरले जानकारी दिए । 

अहिले नाम्जेको सडक क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका २५ भन्दा बढी सुविधासम्पन्न होटलमध्ये २० भन्दा बढी स्थानीयवासीको रहेको नजानकारी दिए । सागुरीगढी–६ वडाका वडाध्यक्ष दीपक मगरले निजी स्वामित्वमा जमिनमा अरुले हस्तक्षेप गर्न नमिल्ने भएका कारण नाजे गाउँ सहरमा परिणत हुनु स्वाभाविक रहेको जिकिर गरे ।

उनले प्रतिप्रश्न गर्दै भने, “पैसा कमाएर आफ्नो जग्गामा बिल्डिङ बनाउँछुभन्दा अब छाप्रोमै बस भन्न मिल्छ त रु” नाम्जेको विकासमा एकरुपता नभए पनि नाम्जेलाई गाउँ र सहरी क्षेत्रमा विकास गर्न आपसी समझदारीमा स्थानीयवासी अघि बढिरहेको ग्रामीण जनता मावि नाम्जेका प्रधानाध्यापक तथा स्थानीय टङ्क भुजेलको भनाइ छ ।

बाँकी भएको गाउँलाई आग्र्यानिक गाउँका रुपमा बचाउन अहिले ग्रामीण क्षेत्रका स्थानीय घरबास सेवा ९होमस्टे० तथा आग्र्यानिक खेतीमा लागिरहेको उनले बताए  । समयको माग र स्थानीयमा सहमति जुट्न नसके पनि यहाँका गाउँवासी होमस्टेमार्फत आग्र्यानिक गाउँ बचाउन लागिपरेको नाम्जे थुम्की सामुदायिक होमस्टेका सचिव तुफान मगरले जानकारी दिए ।  

नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा रहेको छ । यसमा अहिले नाम्जेमा दर्ता भएका १९ सहित २५ वटा होमस्टेले यहाँ उत्पादित आग्र्यानिक सब्जी, खानपान, पेय पदार्थ र हुर्रानाचलगायत सेवा दिइरहेको उनले जानकारी दिए ।     
     
चिसो मौसममा पर्यटक आउन केही कमी आएर होमस्टेमा दैनिक १५–२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिए । यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने भएकाले होमस्टेमा गर्मीमा दैनिक दुई हजारभन्दा माथि र जाडोमा पाँच सयसम्म पर्यटक आउने गरेको उनले जानकारी दिए ।     

नाम्जेलाई पुरानै आग्र्यानिक गाउँका रूपमा समृद्ध बनाएर लाने सम्भावना टरेर गए पनि बाँकी रहेको ग्रामीण क्षेत्रलाई आग्र्यानिक गाउँका रूपमा विकास गर्न पालिका लागिरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । पालिकाले यहाँको घरबास सेवा प्रवर्द्धन, आग्र्यानिक खेती विस्तार तथा मगर जातिको कला, संस्कृति जगेर्नाको क्षेत्रमा काम गरिरहेको उनले बताए ।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारबाट एक किमीपूर्व निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्गमा रहेको मगर जातिको बाहुल्यता रहेको यो गाउँ आज पनि उनीहरुको घरबास सेवा र हुर्रानाचले प्रख्यात छ । बाह्रै महिना चिसो मौसमसँगै एकैसाथ हिमाल पहाड र तराई हेर्न सकिने चुरे पहाडमा अवस्थित नाम्जे गाउँको ग्रामीण जीवन शैली, मगर जातिको संस्कृति र उनीहरूको मीठो आतिथ्यता यहाँको अर्को मुख्य आकर्षण हो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending