Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

को हुन् मन्त्रीको चर्चामा रहेका अच्युत प्रसाद मैनाली ?

खबरडबली संवाददाता

काठमाडाैं ।  सरकार समीकरण परिर्वतन भएसँगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिसतको बिस्तारको तयारीमा सरकार देखिन्छ । कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ । 

एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि परिरहेको बेलामा पार्टी भत्र एउटा नाम मन्त्री बन्ने भन्ने चर्चा चलिरहेको छ । एमालेका अच्युतप्रसाद मैनालीको नाम अहिले एमाले भित्र मन्त्रीहुने नेताको रुपमा चर्चामा छ । तर, मैनाली भने आफैँ मन्त्रीबन्ने दौडमा छैनन्, पार्टी भित्र भने सम्भावित मन्त्रीको चर्चामा उनको नाम चलिरहेको छ । 

बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीको जन्म २०२२ असार ९ गते काभ्रे जिल्ला हालको रोशी गाउँपालिका थानसिङमा भएको हो । उनी स्वर्गीय नन्दिकेशर मैनाली र भवानीदेबीको जेष्ठ सुपुत्र हुन ।

मैनालीले कानुन शास्त्रमा स्तानक र समाजशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन । मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका– १ का स्थायी वासिन्दा हुन् ।

सादगी जीवनको परिचय बनाउनु भएका अच्युत प्रसाद  मैनालीको सबैभन्दा ठूलो पुँजी भनेको राजनीतिको अविराम यात्रा नै हो । जननेता मदनकुमार भण्डारीका शब्दलाई सापट लिने हो भने मैनालीसँग राजनीतिमा थकाई भन्ने शब्दावली नै भेटिन्न । 

मैनालीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३५ सालको विद्यार्थी अन्दोलनमा सक्रिय सहभागी मैनाली २०४६ र २०६२÷०६४ सालको जनअन्दोलनमा पनि निरन्तर सहभागी भएका थिए ।

यसबीचमा पटक पटक गिरफ्तारीमा समेत परेका मैनालीले २ वर्षसम्मको जेल जीवन समेत बिताएका छन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग काठमाण्डौंमा केही समयसंगै जेल जीवन बिताएका थिए ।

२०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका मैनाली तत्कालिन नेपाल मजदुर किसान संगठनमा अवद्ध थिए भने विसं २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध भइ राजनीतिको लामो यात्रामा लाग्नु भएका मैनाली, पञ्चायती शासनको उतार्ध २०४३ मा नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अत्याधिक मतले विजयी भएका थिए ।

हाल नेकपा (एमाले) पोलिटव्यूरो सदस्यको पार्टी जिम्मेवारी बहन गरेका छन् । विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा प्रवेश गर्नुभएका मैनालीले आजको दिनसम्म पार्टी हितविपरीत लाग्नुभएको छैन् । पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता छ । 

उनीसँग बारा जिल्लाको कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै, जिल्ला कमिटीको सचिवको जिम्मेवारी कुशल ढंगले सम्हालेको अनुभव छ । राजनीतिमा अवसरका लागि दौडिनेहरुको भीड भन्दा फरक पहिचान बनाएका मैनालीले विसं २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको जनसम्पर्क सल्लाहकार भई काम गर्ने अवसर प्राप्त गरेका थिए ।

बहुदल प्राप्तिको आन्दोलनमा होस् या लोकतन्त्र÷गणतन्त्र प्राप्तिको आन्दोलनमा नै किन नहोस् उहाँ निरन्तर–निरन्तर लागिरहे । राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर दुई वर्ष बढी जेल जीवन बिताएका उनी २०७९ को निर्वाचनमा बारा क्षेत्र नं १ बाट सङ्घीय सांसदमा सानदार निर्वाचित भए ।

अब हुने मन्त्रीपरिषद गठनमा पार्टीले माननीय अच्युत प्रसाद मैनालीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व दिदा न्याय नै हुने एमाले नेता तथा कार्यकर्ता बताउँछन् । उनले एमाले अध्यक्ष केपी ओली ०७४ सालमा प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा समेत नियुक्र भएका थिए ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending