Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

शालिन मृत्यु प्रकरणः भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण कुर्दै प्रहरी

सत्यतथ्य पहिचानका लागि फरेन्सिक विज्ञहरूलाई घटनास्थलको समेत अध्ययन गराउनुपर्ने

खबरडबली संवाददाता

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० मा अवस्थित एकता शिशु निकेतन स्कुलमा अध्ययनरत छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा परिवारको दाबी र पोस्टमार्टम रिपोर्ट बाझिएसँगै मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रहरीले थप परीक्षणको रिपोर्ट कुर्ने भएको छ ।

‘ह्याङ्गिङ’ भन्ने शव परीक्षण रिपोर्ट आएसँगै प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन अब भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणलाई कुर्ने भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए । “परिवारको किटानी जाहेरीभन्दा फरक ढङ्गले पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरी अनुसन्धानलाई निष्कर्षमा पुरयाउन भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणको रिपोर्ट कुर्नुपर्ने भएको छ,” उनले भने । 

त्रिवि शिक्षण अस्पतालले शालीनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको प्रहरीलाई जनाएको छ । आइतबार प्राप्त शव परीक्षण रिपोर्टमा ‘ह्याङ्गिङ’ अगाडि शालीनको बलात्कार नभएको पनि उल्लेख भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत फेला परेकी थिइन् । होस्टेलको कोठाभित्रै झुन्डिरहेको अवस्थामा भेटिएकी शालीनको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै  उनका परिवारले प्रहरीमा हत्याको किटानी जाहेरी दिएका छन् ।

सोही जाहेरीका आधारमा प्रहरीले सो स्कुलका प्रधानाध्यापक बालहरि देवकोटासहित तीन शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । “हत्या वा आत्महत्या दुरुत्साहन भन्ने कुरा सबै रिपोर्ट आएपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एउटा पोस्टमार्टम रिपोर्टले मात्रै समग्र अनुसन्धानमा निर्णय गर्न सकिँदैन,” भण्डारीले भने ।

अहिले प्रहरीले भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण प्रहरी प्रधान कार्यालयमा रहेको प्रयोगशालामा भइरहेको छ । यो रिपोर्ट आउन अझै केही दिन लाग्न सक्ने बताइन्छ । परिवारले भने शव परीक्षण रिपोर्टलाई विश्वास गर्न सकिरहेको छैन । अनुसन्धान अझै सशक्त बनाउन परिवारले सार्वजनिक रूपमै माग गरिरहेका छन् । 

कक्षा ८ मा पढ्ने १४ वर्षीय पोखरेल प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी दुई वर्षदेखि सोही होस्टेलमा बस्दै आएकी थिइन् । उनका बुवा र आमा दुवैले दोस्रो विवाह गरेपछि छोरी होस्टेलमा बस्न थालेकी हुन् । यो घटनाबारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रश्न उठाइएको छ । 

यस्ता घटनाको सत्यतथ्य पहिचानका लागि फरेन्सिक विज्ञहरूलाई घटनास्थलको समेत अध्ययन गराउनुपर्ने भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । “प्रहरीको पनि घटनास्थल अध्ययन र मुचुल्का उठाउने शैली वैज्ञानिक छ तर अझै यसैलाई सहयोग गर्न घटनास्थलमा विज्ञ टिमबाटै फरेन्सिक गराउन सकिएको भए अझै राम्रो हुने थियो,” उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending