सल्यान । सुन्दर र आकर्षक धार्मीक गन्तव्य सल्यानको छत्रेश्वरी सतिपिठमा महाशिवरात्रीको दिन हुने पुजाअर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित आइतबार छत्रेश्वरी सतिपिठ क्षेत्र विकास समितिको बैठक सम्पन्न भएको हो ।
महाशिवरात्रीको दिनमा छत्रेश्वरीमा देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरु आउने भएकाले आवश्यक व्यवस्थापनका लागि स्थानीय सरकारका प्रतिनिधी, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उपस्थितीमा बैठक बसेर महत्वपूर्ण निर्णयहरु गरिएको समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका ६ स्थित मन्दिर सम्म पुग्ने सडकको स्तरोन्नती, सुरक्षा प्रवन्ध, स्वयमसेवक परिचालन, सवारी पार्कीङ, भण्डारा सञ्चालन, सहज रुपमा पुजा र दर्शन लगाएतको व्यवस्थापनका लागि छलफल र निर्णय गरिएको उनले बताए ।
धार्मीक आस्थाको केन्द्र छत्रेश्वरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विगत देखि नै स्थानीय सरकारले योजनाबद्ध काम गरिरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यहि फागुन २५ गते लाग्ने विशेष मेलालाई व्यवस्थित बनाउन सबैको चासो र मिहेनत आवश्यक रहेको बताए । मेला व्यवस्थापनका लागि गाउँपालिकाले यस वर्ष पनि सहयोग गर्ने भन्दै उनले मेलामा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवनलाई कडाईका साथ प्रतिबन्ध गरिने बताए । यसमा प्रहरीले मसिनो ढंगले निगरानी गर्ने र नशालु पदार्ध प्रयोगकर्ता र विक्रिवितरण गर्ने सबैलाई तत्काल कानुनी कारवाहीमा लैजाने बताएको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले छत्रेश्वरीको दर्शनका लागि उचित प्रवन्धका लागि समिति संगै स्थानीय सरकार तथा स्थानीय नागरिकले प्रभावकारी भुमिका खेल्नुपर्ने बताईन् । वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले मेलाको बेला हुन सक्ने अवाञ्छीत क्रियाकलाप र विकृतिलाई रोक्नुपर्ने धारणा व्यक्त गरे । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इन्सपेक्टर रेशमलाल पौडेल सहित ट्राफिक प्रहरीका प्रतिनिधी लगाएतकाले सुरक्षा प्रवन्ध तथा सवारी आवागमनको व्यवस्थापनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए ।
सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीरलाई बोकेर ब्रहमाण्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग छत्रेश्वरीमा पतन भएको श्रीस्वस्थानी ब्रतकथामा उल्लेख छ । साथै उक्त स्थानमा पिचाशेश्वर महादेब र छत्रेश्वरी भगवती प्रकट भएको किंवदन्ती छ । छत्रेश्वरी शतिपीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । यहाँ शिवरात्रीको बेला नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गरेको छत्रेश्वरी क्षेत्र विकास समितिका सचिव तिर्थराज डाँगीले जानकारी दिए ।
छत्रेश्वरी गाउँपलिका वडा नम्बर ६ स्थित राप्ती लोकमार्गको घोप्टे अमराईदेखि करिब चारसय मिटरको दूरीमा शारदा नदीको छेउँमा शंखमुल छ । यहाँ शंखपार्क पनि छ । शंखमूलदेखि करिब तीन किलोमीटर अगाडि पिचाशेस्वर महादेवको मन्दिर रहेको छ भने शंखमूलदेखि चार किलोमीटरको दूरीमा छत्रेश्वरी भगवती मन्दिर अवस्थीत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: