Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

अवैध लागूऔषधसहित ७ जना प्रहरी फन्दामा

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित  ७ जनालाई पकउ गरेको छ । देशका विभिन्न् स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे. ११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर ३८ ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी नगरपालिका–६ बस्ने ३० वर्षीय बिष्णु खड्का रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त होटलको जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका–७ मख्रीबाट खैरो हेरोइन ३ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विनायक चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङको बुढिगंगा गाउँपालिका–५ कार्टुन टोल बस्ने ४५ वर्षीया मुनिया खातुनलाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

सबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध भिओआइपी सञ्चालन गर्ने दुई जना पक्राउ

काठमाडौं ।  अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त स...

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

काठमाडौंं । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाक...

ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण

काठमाडौं । ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कैलालीमै थप दुई जनामा पनि सङ...

शहीद मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउँदै

काठमाडौं । काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका ब...

तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु। बेपत्ता एक जनाको खोजी हुँदै

काठमाडौं ।  बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती द...

चितवनका ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनका ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवन...

धनकुटाको भेडेटारमा स्काइ टावर

धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मा...

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी, १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।  अन्नपू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy