Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८२ शुक्रबार | 23rd May, 2025 Fri
Investment bank

सूचना प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपुर्ण अङ्ग हो: प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बतााएका छन् ।

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन् ।

“आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।

कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम देखेको बताए । 

नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो ...

राष्ट्रिय लघुवित्त संगठन नेपाल अध्यक्षमा डाँगी

काठमाडाैं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ ।  पार्टीको भातृ संगठनको हैसियत दिई...

४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोल...

विमानस्थलको रनवेमा पानी निस्कियो, हवाई सेवा बन्द

सुर्खेत  । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि हवाई उडान बन्द भएको छ । जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज...

मासु पकाउन खानेतेल भनेर डिजेल राख्दा....

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलमा खाना बनाउने क्रममा खानेतेल भनेर झुक्किएर डिजेल राख्दा भएको आगलागीमा दुई दुई जना घाइते भएका छन्...

जनस्वास्थ्यको खेलवाड गर्दै अस्पतालको गेटैमा अवैध औषधी पसल सञ्चालन

म्याग्दी । राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।...

पाँचथरको हेवाखोलामा पुनः बेलिब्रिज जडान हुने

पाँचथर । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछ...

कति छ आजका लागि तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवन । चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्। आज बिहीबार बिहान ६ः५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्र...

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

काठमाडौं  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending