काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ' मिसन- ८४' नआउने बताएका छन् । शनिवार काठमाडौको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् ।
सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर मिसन - ८४ का कुरा गरिरहदा थापाले ८३ सालमा स्थानीय निकायको चुनाव हुने र स्थानीय निकायमा जीत हातपार्न नसके मिसन -८४ सफल हुन नसक्ने बताएका छन् ।
सम्मेलनमा अतिथीका रूपमा उपस्थित भएका एमाले गुल्मी अध्यक्ष बाल सिंह काउछा र लुम्बिनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले अब बन्ने सम्पर्क मंचको नेतृत्व नेताको धुरी नहाली काम गर्नेबाट बन्नुपर्ने आबश्यकता औँलाउदै नेताको नजिक हुने र पद लिने नगर्न आग्रह गरेको कुरालाई रमाईलो पारामा थापाले नेताको नजिक हुनुस् तर हार्दिकताकासाथ हुनुस् भनि प्रस्ट्याए ।
आफ्नो कुरालाई थप प्रष्ट पार्दै थापाले भने -' तपाईहरू चन्द्र भण्डारीको नजिक नहुनुस् प्रदीप ज्ञवालीको नजिक हुनुस् , तपाईहरू रामकुमारीको नजिक नहुनुस् गोकर्ण बिष्टको नजिक हुनुस् ।'
थापाले नेकपा एमाले जस्तो ठुलो पार्टीको सचिवालयमा ४ जना गुल्मी जिल्लाका हुनुमा आम गुल्मीबासी त्यसमाथी एमाले निकटले गर्व गर्नुपर्ने भन्दै थापाले उपस्थित नेता तथा कार्यकर्तालाई उत्साहित समेत बनाए ।
उनले आफु गुल्मीको ईन्चार्ज भएपछि गुल्मीका १२ वटै पालिका घुमेको र कहिकतै त्यस्तो असामान्य अबस्था नरहेको बताउदै गुल्मीमा मिसन ८३ र 'मिसन-८४' सफल पार्न नेता तथा कार्यकर्तामा एकता , गतिशिलता , बिशिष्टता र हार्दिकता भए पुग्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: