धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका –४ फाक्सिवमा नवनिर्मित स्वास्थ्य चौकीको भवन सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले साँगुरीगढी गाउँपालिकाकालाई हस्तान्तण गरेको छ । निर्माण कार्य सम्पन्न पश्चात अलपत्र अवस्थामा रहेको भवन गाउँपलिका अध्यक्ष जितेन्द्र रूम्दाली राईलाई हस्तान्तरण गरेको हो ।
भवन सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र वडा कार्यालय प्रतिनिधिको रोहवरमा भवन हस्तान्तरणसम्बन्धी पत्र हस्तान्तरण गरेका थिए ।
नवनिर्मित भवनमा ११ वटा कोठा र ४ वटा शौचालय रहेको भवन निर्माणको काम सम्पन्न गर्ने बिरुवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले जनाएको छ । निर्माण कम्पनीले भवन निर्माणको केही काम बाँकी राखेकाले ताकेता गरेपछि निर्माण कम्पनीबाट काम सम्पन्न भएलगतै हस्तान्तरण गरिएको आयोजनाका प्रतिनिधिले बताए ।
पालिका अध्यक्ष राईका अनुसार नवनिर्मित भवन हस्तान्तरण नहुँदा जीर्ण स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई सेवा लिन र स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या भएको थियो । भवन हस्तान्तरण भएसँगै स्वास्थ्य चौकीमा थप सेवा विस्तार हुने बताइएको छ । उनले चालु आर्थिक वर्षभित्र सबै रुग्ण योजना सम्पन्न गरी हस्तान्तरण प्रक्रियामा लगिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: