Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

१४ वर्षीया छात्राको मृत्युका घटना विवरणहरू शंकास्पद छन्, गहन छानबिन होस्ः कांग्रेस

खबरडबली संवाददाता

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसले चितवनको रत्ननगरमा १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनाका विवरणहरू शंकास्पद रहेको भन्दै गहन छानबिन गर्न माग गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ति जारी गर्द स्कूलको होस्टलमा मृत्यु भएको घटना गम्भीर भएकाले गहन अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका हुन् । 

पाैडेलद्वारा जारी विज्ञप्तिमा ‘चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कूलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरूप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’  भनिएको छ, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुण्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ । कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य–तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’ बालिका शालिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

शालिन फागुन १२ गते शनिवार होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनको परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै आएको छ । प्रहरीले विद्यालयका प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरिसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending