Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४

डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरू भएको कन्कलेभ शनिबारसम्म सञ्चालन हुनेछ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै २ दिनसम्म चल्ने कन्क्लेभको उद्घाटन गरेका थिए ।  कन्क्लेभमा कर्णाली प्रदेशका मुख्यमन्त्री, अन्य प्रदेशका मन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी लगायत ६०० बढी आईटी सरोकारवालाहरूको उपस्थिति रहेको छ । 

कार्यक्रममा कर्णाली प्रदेशको डिजिटल विकास र इकोसिस्टममा वृहत बहस र छलफल हुनेछ । कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन छन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रविधिको विकास नगेरर कर्णालीलाई माथि उठाउन नसकिने बताए । कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलो पटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दैछ । अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौं,’ उनले भने, ‘डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछौं ।’

कार्यक्रमको उद्घाटन शत्रमा कर्णाली प्रदेशको वर्तमान डिजिटल अवस्था र अब चाल्नुपर्ने कदम शीर्षकमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले किनोट प्रस्तुती दिएका थिए ।  यस्तै युएनडीपीका डाटा म्यानेजमेन्ट तथा एमएण्डई एनालिष्ट राम कुमार यादवले पावरिङ डिजिटल कर्णाली अन द ग्राउण्ड लाइटनिङ प्रस्तुति र आईटी विज्ञ मनोहर कुमार भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरण समाधान र इकोसिस्टम शीर्षको किनोट प्रस्तुती दिएका थिए । 

त्यसैगरी उद्घाटन शत्रमा डिजिटल कर्णालीका लागि सोच नेतृत्व विषयमा पावर संवाद सेसन भएको थियो । यस सेसनमा वक्ताको रूपमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र निवर्तमान मुख्यमन्त्री जीवन बहादुर शाही रहेका थिए । यस शत्रलाई ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले सहजीकरण गरेका थिए । 

पावर सेसनमा बोल्दै दुवै वक्ताले कर्णालीको डिजिटल विकासका लागि पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  यस्तै उद्घाटन शत्रको समापन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए ।

२ दिने कार्यक्रममा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट, डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ । दोस्रो दिन डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति समेत रहनेछ, जसमा कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुनेछन् । 

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुनगाभा टेलिभिजन लगायत डिजिटल कर्णाली कन्क्लेभको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।  डिजिटल कर्णाली कन्क्लेभ २०२४ लाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नाष्ट, क्यान महासंघ कर्णाली प्रदेश, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शुन्यएक, डायनामिक ईआरपी, जियोकृषि आईएमई पे, युएनडीपी, क्यासिफिक लगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending