दुबई । आज युएईको दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथीहरु दुबई आईपुगेका हुन ।
रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन । मेलामा एक सय भन्दा बढी मेनपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनीधिहरु र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागीता हुनेछ ।
नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ ।
मेलामा ६४ वटा विभिन्न स्टल राखिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्री,एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना,एनआरएनए युएईका अध्यक्ष बिकास शाही लगायतको उपस्थिति रहने छ । यसकालागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आईपुगीसकेका छन ।
दुवई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिईएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् ।
मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला यूएईस्थित नेपाली दूतावास र बैदेशिक रोजगार बोर्डको सहकार्य हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: